Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

४ सय छात्रालाई आत्मरक्षा तालिम दिँदै काठमाडौँ महानगर, हिंसा पहिचान र प्रतिरोध गर्न सक्षम बनाउने लक्ष्य


ग्लोबल पाना
मंगलबार, असोज १३ २०८३
  • 158
    SHARES

  • images
    ४ सय छात्रालाई आत्मरक्षा तालिम दिँदै काठमाडौँ महानगर, हिंसा पहिचान र प्रतिरोध गर्न सक्षम बनाउने लक्ष्य

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले पहिलो चरणमा सामुदायिक विद्यालयको कक्षा ९ मा अध्ययनरत ४ सय जना छात्रालाई आत्मरक्षा सम्बन्धी तालिम दिने भएको छ । छात्राहरुलाई हिंसा बुझ्न सक्ने बनाएर हिंसामा परेका बेला आफूलाई घटनाबाट बचाउन सक्ने बनाउनु तालिमको उद्देश्य हो । यो तालिम २ दिनको हुनेछ । महानगरपालिकाभित्रका १० वटा विद्यालयमा यो तालिम चल्नेछ । हरेक विद्यालयबाट ४० जना छात्रालाई तालिममा सहभागी गराइनेछ ।

    images
    images
    images

    परीक्षा तथा कार्यक्रम महाशाखा प्रमुख सुशील सुवेदीका अनुसार शिवपुरी, जनकल्याण, रत्नराज्य, विश्व निकेतन, ज्ञानोदय, जनपथ, जनजागृति ज्ञान रश्मि, तरुण, कन्या र पद्मकन्या विद्याश्रम मा. वि. मा तालिम सञ्चालन हुनेछ । नेपाल सेल्फ डिफेन्स मार्सल आर्ट एशोसिएनका प्रमुख प्रशिक्षक सञ्जु महर्जनका अनुसार हिंसा के हो भन्ने बुझ्न सक्ने बनाउनु नै यसको मुख्य लक्ष्य हो । यसमा गलत नियतले छोएको, गलत नियतले हेरेको पहिचान गर्न सिकाइन्छ ।

    यस्तै यस्ता गलत नियत भएका व्यक्तिहरुको आक्रमणबाट आफ्नै हात र खुट्टाको प्रयोग गरेर कसरी बच्ने भन्ने सिप सिकाइन्छ । यसमा सैद्धान्तिक कुरा कम र प्रयोगात्मक सिप धेरै सिकाइन्छ । कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गरेर क्रमशः सबै विद्यार्थीहरुलाई तालिम प्रदान गरिने महाशाखा प्रमुख सुवेदीले योजना सुनाउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ