Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

पोखराको लेकसाइडमा आगलागी


ग्लोबल पाना
शनिबार, माघ २८ २०७९
  • 228
    SHARES

  • images
    पोखराको लेकसाइडमा आगलागी

    काठमाडाैँ। पोखरा महानगरपालिका–६ लेकसाइडको हल्लनचोकमा आगलागी भएको छ । हल्लनचोकस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्सको भुइँतलामा रहेको गोदाममा आगलागी भएको हो ।

    images
    images
    images

    आज ४ः३५ बजेदेखि लागेको आगो नियन्त्रणको प्रयास जारी रहेको र अझै नियन्त्रणमा लिन नसकिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

    पोखरा विमानस्थल र पोखरा महानगरको वारुणयन्त्र घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागी नियन्त्रणका लागि वारुणयन्त्रसहित सुरक्षाकर्मी र स्थानीय लागिपरे पनि नियन्त्रणमा आउन सकेको छैन ।

    आगलागी भएको भवनमा हिमालयन जाभा क्याफे, नबिल बैंङ्कको शाखासहित विभिन्न बैँक तथा वित्तिय संस्थाका एटिएम मेसिनसमेत छन् ।

    सेलवेजमा आगलागीपछिसँगैका पसलहरूबाट व्यापारीहरूले सामान बाहिर निकालिरहेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ