Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालद्वारा संस्थागत विकास सम्बन्धी तालिम प्रदान


सोमबार, असोज १९ २०८३
  • 443
    SHARES

  • images
    अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालद्वारा  संस्थागत विकास सम्बन्धी तालिम प्रदान

    काठमाडौँ । अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालले Disability Rights Fund को सहकार्यमा असोज १५ र १६ गते काठमाडौँमा अपाङ्गता भएका महिलाहरूका लागि संस्थागत विकास (Capacity building training on institutional development for board, staff and member organization) सम्बन्धी २ दिने तालिम प्रदान गरेको छ । यसै क्रममा आयोजक संस्था अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालकी अध्यक्ष निर्मला धितालले यस तालिम अति नै महत्त्वपूर्ण र जीवन उपयोगी रहेको भन्दै यस्ता तालिमहरू निरन्तर रूपमा सञ्चालन गर्नु पर्ने र सहभागीहरूलाई यस तालिममा सिकेका ज्ञान तथा सीपहरूको भरपुर उपयोग गर्न आग्रह गर्नु भयो ।

    images
    images
    images

    साथै उहाँले सहभागीहरूले यहाँ सिकेका कुराहरूलाई आफ्नो संस्थामा उपयोग गर्नु पर्ने भन्दै आफ्नो क्षमताको पनि विकास गर्नु पर्ने, संस्थालाई चलायमान गराउँदै त्यहाँका समस्या तथा चुनौतीहरूको पहिचान गरी समाधान गर्नु पर्ने स्रोत परिचालन गर्नका लागि नीति नियमहरू बनाउने र स्थानीय निकायहरूसँग पनि समन्वय गरेर काम गर्नु पर्ने कुरामा जोड दिनु भयो । त्यसै गरी महासचिव रमा ढकालले यसै महासंघको सदस्य संस्थाहरू जुन अपाङ्गता भएका महिलाहरूद्वारा स्थापना गरिएका छन् ती संस्थाको नेतृत्व, सुशासन, नीति तथा प्रणाली, रणनीतिक योजना, स्रोत परिचालन र संस्थागत दिगोपन सम्बन्धी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने तालिम प्रदान गरिएको बताउनु भयो ।

    यस २ दिने तालिममा Asian Academy for Peace Research and Development का कार्यकारी निर्देशक शरद न्यौपानेले प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गर्दै उक्त २ दिने तालिमको सहजीकरण गर्नु भएको थियो । यसै क्रममा उहाँले तालिममा समूहगत छलफल गराउँदै संस्थालाई अगाडी बढाउनका लागि विकासको आवश्यकता, विकासको प्रक्रिया, यसको वर्तमान अवस्था, अपेक्षित, आधारभूत तथ्यहरू, प्रमाणित सूचक सहितको प्रगति, मानवीय विकास सूचक, विकासको प्रतित्वमा आएको परिवर्तनका विषयमा प्रस्ट पार्नु भयो । साथै उहाँले संस्थाका प्रकारहरू, नागरिक समाज संस्था, सङ्गठन, सङ्गठनका विकासका मुख्य क्षेत्रहरू, संस्थाको उद्देश्य, लक्ष्य, संस्थागत मूल्य मान्यताको महत्वको विषयमा पनि प्रस्ट पार्नु भयो ।

    यस तालिमका क्रममा उहाँले संस्थालाई सहज रूपमा सञ्चालन गर्नका लागि संस्थागत मूल्य मान्यताको महत्वलाई दर्साउँदै अपाङ्गता भएका महिलाहरूको नेतृत्व विकास, नेतृत्व शैली, सहभागिता मूलक तथा समावेशी नेतृत्व, निर्णय प्रक्रिया, सञ्चार तथा आत्म विश्वासका सवालमा पनि जानकारी दिनु भएको थियो ।

    अपाङ्गता भएका महिलाहरूका लागि संस्थागत विकास (Capacity building training on institutional development for board, staff and member organization) सम्बन्धी २ दिने तालिममा प्रमुख प्रशिक्षक शरद न्यौपानेले संस्थाको रणनीतिक योजना तथा वार्षिक कार्य योजना, सुशासन सिद्धान्त, सुशासनका आधारहरू, प्रस्तावना लेखन, स्रोत परिचालन र संस्थागत दिगोपन, स्रोतका प्रकारहरू, जनवकालत लगायतका अति नै महत्त्वपूर्ण विषयहरूमा प्रस्ट रूपमा जानकारी गराउनु भयो ।

    उक्त तालिममा विभिन्न जिल्लाबाट सहभागी भएका अपाङ्गता भएका महिलाहरूले यो २ दिने तालिमका क्रममा प्रयोग गरिएको समुहगत छलफल विधि, खेलविधिहरु अति नै सहज भएको भन्दै यस तालिम अति नै उपयोगी भएको र यस तालिममा सिकेका सीपहरूलाई आफ्नो संस्थाको विकासका लागि सदुपयोग गर्ने बताएका थिए ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ