Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालको सातौँ साधारण सभा सम्पन्न


बुधबार, असोज २१ २०८३
  • 374
    SHARES

  • images
    अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालको सातौँ साधारण सभा सम्पन्न

    काठमाडौँ । अपाङ्गता भएका महिलाहरूको महासंघ नेपाल अपाङ्गता भएका महिलाहरूको हक हित र अधिकारका लागि काम गर्ने एक गैरसरकारी सामाजिक संस्था हो । यस संस्थाले स्थापनाकाल देखि नै अपाङ्गता भएका महिलाहरूको हिंसा, विभेद, विपद् तथा प्रकोपका समयमा हुने विभिन्न जोखिम र उनीहरूको न्यायमा पहुँच पुराउनका लागि काम गर्दै आएको छ । यसरी अपाङ्गता भएका महिलाहरूको क्षेत्रमा काम गर्ने क्रममा असोज १७ गते यस संस्था अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालले काठमाडौँमा ७ औ साधारण सभा सम्पन्न गरेको छ ।

    images
    images
    images

    उक्त ७ औ सभाको उद्घाटन सात वटै प्रदेशका सदस्य संस्थाका प्रतिनिधिहरूले सामूहिक रूपमा मैनबत्ती बालेर गर्नु भयो । उक्त कार्यक्रमको उद्घाटनका क्रममा संस्थाकी अध्यक्ष निर्मला धितालले स्वागत गर्दै यस संस्थाले अपाङ्गता भएका महिलाहरूको हक हित र अधिकारका साथै उनीहरूको न्यायमा पहुँच तथा आर्थिक सशक्तीकरण लगायतका अन्य विषयहरूमा काम गर्दै आएको बताउनु भयो ।

    साथै उहाँले संस्था मार्फत अपाङ्गता भएका महिलाहरूको नेतृत्व तथा क्षमता विकासका सवालमा, साझेदारी तथा स्रोत विस्तारका सवालमा पनि संस्थाले काम गर्दै आएको बताउँदै संस्थाका उपलब्धि , चुनौती, अपाङ्गता भएका महिलाहरू तथा व्यक्तिहरूका सवालमा बनेका ऐन, कानुन तथा नीति नियमहरू कार्यान्वयनमा पनि समस्या रहेको र ती पूर्ण रूपमा कार्यान्वयन गर्नका लागि सरोकारवाला निकायहरूसँग वकालत तथा पैरवी गरी रहेको बताउनु भयो । यसै क्रममा संस्थाकी महासचिव रमा ढकालले संस्थाको वार्षिक प्रतिवेदन तथा भावी कार्यक्रमहरूको बारेमा जानकारी प्रस्तुत गर्नु भयो । यसै क्रममा उहाँले संस्थाले अपाङ्गता भएका महिला तथा किशोरीहरूको हक हित र अधिकार स्थापित गर्दै उनीहरूको पहुँचको सुनिश्चित गर्ने उद्देश्यले स्थापनाकाल देखि नै काम गर्दै आएको बताउनु भयो ।

    साथै उहाँले यस संस्थाले अपाङ्गता भएका महिला तथा सरोकारवाला निकायहरूबिच विभिन्न तालिम, अभिमुखीकरण, जनचेतना तथा वकालतका क्रियाकलापहरू सञ्चालन गर्दै आएको कुरामा जोड दिनु भयो । उक्त साधारण सभामा कोषाध्यक्ष कमला बुढाथोकीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

    यस कार्यक्रममा समाज कल्याण परिषद्का प्रतिनिधि प्रकाश भट्टले अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालले अपाङ्गता भएका महिलाहरूका लागि गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा अपाङ्गता भएका महिलाहरूका लागि काम गर्ने क्रममा यस संस्थासँग सहकार्य गरेर काम गर्ने बताउँदै संस्थाको ७ औ वार्षिक सभाको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ