Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल


ग्लोबल पाना
बिहीबार , असोज २२ २०८३
  • 173
    SHARES

  • images
    भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

    काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको ‘बजाज गेम अफ पावर’ क्याम्पेन अन्तर्गत ‘बजाज गेम अफ पावर एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ । असोज २२ देखि २९ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा सञ्चालन हुने कार्निभलले ग्राहकलाई मोटरसाइकल अपग्रेडसँगै विभिन्न अफर र मनोरञ्जनात्मक गतिविधिको अवसर प्रदान गर्नेछ । आफ्नो पुरानो मोटरसाइकललाई नयाँ बजाजमा परिवर्तन गर्न चाहने ग्राहकले यहाँ २२ भन्दा बढी मूल्य निर्धारणकर्ताबाट आफ्नो बाइकको मूल्यांकन गराउन सक्नेछन् ।

    images
    images
    images

    यससँगै नगद छुट, निःशुल्क एसेसरिज तथा तत्काल फाइनान्स सुविधा उपलब्ध भएकाले ग्राहकले आफ्नो आवश्यकताअनुसार नयाँ मोटरसाइकल रोज्न सक्नेछन् । मोटरसाइकल खरिद र एक्सचेन्जलाई मात्र केन्द्रमा नराखी कार्निभलमा ‘शो योर पावर’ लगायत विभिन्न सहभागितामूलक गतिविधिहरू पनि समावेश गरिएको छ । यसले बजाजका ग्राहक तथा मोटरसाइकलप्रेमीलाई दशैं–तिहारको अवसरमा आफ्नो रुचि र उत्साहसँग जोडिन थप अवसर दिनेछ । बजाजका अनुसार ‘गेम अफ पावर’ ले मोटरसाइकल, उत्साह र सहभागितालाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्य राखेको छ । एक्सचेन्ज कार्निभल त्यसैको प्रत्यक्ष अनुभव दिने अवसरका रूपमा ल्याइएको हो, जहाँ ग्राहकले आफ्नो पुरानो बाइकबाट नयाँ बजाजतर्फको यात्रालाई थप सहज र आकर्षक बनाउन सक्नेछन् ।

    कार्निभलमा सहभागी हुन चाहने ग्राहकले असोज २२ देखि २९ गतेसम्म भृकुटीमण्डपमा पुगेर एक्सचेन्ज तथा उपलब्ध सुविधाबारे जानकारी लिन सक्नेछन् । आफ्नो बाइक ल्याउनुहोस् । आफ्नो पावर अपग्रेड गर्नुहोस् । बजाज गेम अफ पावर एक्सचेन्ज कार्निभल असोज २२–२९ | भृकुटीमण्डप, काठमाडौं

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ