Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

१२ वर्ष खर्चेर बनेको पुल भाँसियाे


ग्लोबल पाना
आइतबार, माघ २९ २०७९
  • 330
    SHARES

  • images
    १२ वर्ष खर्चेर बनेको पुल भाँसियाे

    गोलबजार । साढे तीन वर्षमा सम्पन्न गर्ने गरी सम्झौता भए पनि हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुलको काम १२ वर्षपछि सम्पन्न हुँदै थियो । निर्माण कम्पनीले झण्डै ९९ प्रतिशत काम सम्पन्न भइसक्यो भनेपछि सर्वसाधारण सहजरुपमा यातायात सेवा सञ्चालन हुने भन्दै हर्षित थिए ।

    images
    images
    images

    त्यसको केही समयमै पुलका दुई पिलर भाँसिएपछि सर्वसाधारणको खुशी केही समय पनि टिकेन । बाह्र वर्ष खर्चेर निर्माण सम्पन्न हुँदै गरेको पुलका दुई पिलरमध्ये गत वर्ष असार १७ गतेको बाढीले सिरहातर्फको बसपिट्टामा र कात्तिक ३ गते धनुषातर्फको तीन नम्बर पिलर केही धक्कामै भाँसिए ।

    भाँसिएको एक वर्ष बितिसक्दा पनि हुलाकी सडकको मेरुदण्ड र मधेश प्रदेशको लाइफलाइनका रुपमा रहेको यो पुल निर्माण हुन सकेको छैन । वर्षौँपछि निर्माण सम्पन्न हुन लागेको पुल बाढीले भाँसिएपछि ‘हात्ति छि-र्यो पुच्छर अड्क्यो’ जस्तै अवस्था छ ।

    त्यही अवस्था देखेर यस क्षेत्रका सर्वसाधारण निरास छन् । सिरहाको नवराजपुरका ७२ वर्षीय अशोक यादवले पुल निर्माणपछि वर्षौदेखि सास्तीबाट मुक्ति पाउने अपेक्षामा खुसी भएकामा त्यो पूरा हुन नपाउँदै भाँसिएको र अहिलेसम्म निर्माण सुरु नभएकामा चिन्ता व्यक्त गरे।

    ‘वर्षौँपछि पुल सम्पन्न हुँदैछ भन्ने सुनेर खुसी लागेको थियो, तर पिलर भाँसिएर अवरुद्ध भयो’, उनले भने ‘तीन वर्षमा बन्ने काम १२ वर्ष लाग्यो, पुल भाँसिएको पनि वर्ष दिन भइसक्यो, त्यो बन्न फेरि कति समय लाग्ने हो रु’ कमला पुल निर्माण हुँदा सिरहा सदरमुकामबाट छोटो दूरीमै मधेश प्रदेशको राजधानी जनकपुरधाम पुग्न सकिन्थ्यो ।

    अहिले पूर्व-पश्चिम राजमार्ग हुदैँ लामो यात्रा गर्न बाध्य हुनुपरेको छ । सिरहा नगरपालिका-१ का मनिष यादवले अहिले भारतीय बजार जयनगर हुदैँ जनकपुर जानुपर्ने बाध्यता रहेको सुनाए । ‘पुल निर्माणपछि छोटो दूरीमै सिरहाबाट जनकपुरधाम जान पाइएला भनेर हामी खुसी थियौंँ, तर त्यो पूरा हुन पाएन’, उनले भने ‘एक वर्षसम्म पनि पिलर बनेन, कहिलेसम्म सास्ती भोग्नुपर्ने हो ?’

    पुल भाँसिएपछि बाँसको भ-याङ प्रयोग गरी स्थानीयले सकसपूणर् यात्रा गरिरहेको सिरहा-२२ हकपराका ललित यादवले सुनाए । ‘पुल बन्न फेरि १२ वर्ष पो लाग्ने हो कि’, उनले शंसय व्यक्त गरे, ‘एक वर्ष बितिसक्दा पनि प्राविधिक अध्ययन नै नभएको चर्चा छ, यिनै जिज्ञासा लिएर हामीले हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरलाई जानकारी माग ग-यौँ ।’

    योजना प्रमुख इन्जिनीयर कृष्णकुमार गोइतलेका अनुसार पुल के कारणले भाँसिएको हो भन्नेबारे थाहा भएको छैन । ‘पुल भाँसिएको कारण पत्ता लगाउन अनुसन्धान चलिरहेको छ’, उनले भने । निर्माण कम्पनीले क्षति भएका स्थानको जग र अन्य संरचनाको पुनःनिर्माण गर्न नयाँ प्रस्ताव पेश गरी अहिले निर्देशनालयले स्वीकृतको प्रक्रिया सुरु गरिसकेको छ ।

    हुलाकी सडक निर्देशनालयका आयोजना निर्देशक इन्जिनीयर धर्मेन्द्र झाले तीन दिनअघि निर्माण कम्पनीबाट आवश्यक निर्देशनपछि सुधारसहितको प्रस्ताव प्राप्त भएकाले त्यसको विस्तृत अध्ययनको काम भइरहेको बताए । उनले सडक विभागले स्वीकृत गरेपछि यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने गरी पुलको बाँकी काम सुरु हुने बताए ।

    उनका अनुसार पुलका चार स्पान नयाँ बनाउने र बाँकी पिलरलाई संरक्षण गर्ने गरी निर्माण कम्पनीले प्रतिवद्धता जाहेर गरी प्रस्ताव पेश गरेको छ । ‘ठेकेदारकै लगानीमा चार स्पान निर्माण गर्ने र बाँकी पिलरमा पुग्नसक्ने क्षतिलाई मध्यनजर गरी संरक्षणको काम हुनेछ’, उनले भने, ‘यस कार्यमा राज्यको थप लगानी नलाग्ने भए पनि नागरिकले दुख पाए, अब एक वर्षभित्रै पुल तयार हुन्छ ।’ राष्ट्रिय गौरवको आयोजनामा सुचिकृत हुलाकी सडकको सप्तरी-सिरहा-धनुषा खण्डमा कालोपत्रको काम अन्तिम चरणमा भए पनि कमला नदीमाथिको पुल भाँसिएपछि सडक सञ्चालन हुन सकेको छैन ।

    निर्माण कम्पनीले आगामी आवसम्म पुल निर्माण गरिसक्ने गरी समय माग गरेको छ । सिराहा-धनुषाको सीमा जोड्ने कमला नदीमा रु २४ करोड ९१ लाखको लागतमा चार सय ७० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल बनाउने ठेक्का पप्पु लुम्बिनी बिल्डर्स जेभी कन्स्ट्रक्सनले पाएको थियो ।

    विसं २०६८ जेठ ३१ गते निर्माणको सम्झौता भएकामा पटकपटक म्याद थप गर्दा पनि पुल निर्माण हुन सकेन । त्यसै कारण पप्पु कन्स्ट्रक्सनलाई हटाएर २०७६ असोजमा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनलाई जिम्मेवारी दिइएको थियो । लुम्बिनी बिल्डर्सले काम गरिरहेकै बेला पुल भाँसिएको हो । त्यसले सिरहा र धनुषालाई छोटो दूरीमा जोड्ने सपना चकनाचुर भएको छ ।

    पुल पुनःनिर्माणका लागि हुलाकी सडक संघर्ष समिति बनाएर पटक पटक आन्दोलन र दबाबका कार्यक्रम भइरहेका छन् । संघर्ष समितिका संयोजक प्राध्यापक रामरिझन यादवले भाँसिएको पुल बनाउन दबाब दिन रिले अनसन, हुलाकी सडकमा पैदल यात्रा, अन्तरक्रिया, प्रर्दशनलगायत गर्दै आए पनि सुनुवाइ नभएको बताए ।

    पूर्वपश्चिम महेन्द्र राजमार्गको विकल्पका रुपमा लिइएको हुलाकी राजमार्ग समयमै निर्माण गर्न जरुरी छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ