Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निणर्यमा कमल थापाकाे आपत्ति


ग्लोबल पाना
आइतबार, माघ २९ २०७९
  • 212
    SHARES

  • images
    जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निणर्यमा कमल थापाकाे आपत्ति

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निणर्य गरेमा आपत्ति जनाएका छन् ।

    images
    images
    images

    २०४७ सालको संविधान र राज्यविरुद्ध माओवादीले हिंसात्मक विद्रोह सुरुगरेको दिनको सम्झनामा फागुन १ गते सार्वजनिक बिदादिने सरकारको निणर्य आपत्तिजनक रहेको उनको टिप्पणी छ ।

    ’हजारौं निर्दोषको ज्यानलिने माओवादी आतंक र हिंसा राष्ट्रिय पर्व हुन सक्दैन। राजावादी र हिन्दुराष्ट्रको वकालत गर्ने पार्टीसमेतको सहभागितामा यस्तो निणर्य हुनु निर्लज्जताको पाराकाष्टा हो। राजा र हिन्दुराष्ट्र पक्षधर पार्टी कुन मुखले सरकारमा बसिरहेको छ?,’ उनले प्रश्न गरे ।

    आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निणर्य गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ