काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमको संयोजकत्वमा बसेको बैठकमा यातायात क्षेत्रमा देखिएको समस्या तत्काल सम्बोधन गर्ने र दीर्घकालीन रुपमा सम्बोधन गर्नसक्ने मागपत्रको बारेमा सूचीकरण गरेर अगाडि बढ्ने सहमति भएको छ। बैठकमा यातायात क्षेत्रमा देखिएको समस्या तत्काल सम्बोधन गर्न सकिने र दीर्घकालीन रुपमा गर्न सकिने बारेमा यातायात व्यवसायी र यातायात मजदुरबीच बसेर साझा धारणा बनाएर पर्सीको कार्यदलको बैठकमा पेश गर्ने निणर्य भएको हो ।
भोलि बेलुकासम्म यातायात व्यवसायी र मजदुर सङ्घ, सङ्गठन मिलेर यातायात क्षेत्रमा देखिएका समस्याबारे साझा धारणा बनाउने र पर्सी यातायात व्यवस्था विभागमा बस्ने कार्यदलको बैठकमा पेश गर्ने निणर्य भएको बताइएको छ । यातायात मजदुरको आन्दोलनका कारण सोमबार बालाजु क्षेत्रमा दुईवटा प्रहरी भ्यानमा आगो लगाउनुका साथै नयाँ बसपार्कस्थित सञ्चालनमा रहेको लोत्से मलमा तोडफोड तथा चोरी भएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


