Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बालाजु प्रहरी वृत्तका डीएसपी रविन विष्टको खोसियो जिम्मेवारी


ग्लोबल पाना
मंगलबार, फागुन २ २०७९
  • 215
    SHARES

  • images
    बालाजु प्रहरी वृत्तका डीएसपी रविन विष्टको खोसियो जिम्मेवारी

    काठमाडौं । प्रहरी वृत्त बालाजुमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टको जिम्मेवारी खोसिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी हिमालयकुमार श्रेष्ठका अनुसार डिएसपी विष्टलाई रानीपोखरी तानेर उक्त ठाउँमा डीएसपी मनोजित कुँवरलाई पठाइएको छ।

    images
    images
    images

    सोमबार यातायात मजदुरले नयाँ बसपार्क क्षेत्रमा आन्दोलन गर्दा डिएसपी विष्ट चढ्ने गाडीलगायत प्रहरीका भ्यानमा आगजनी भएको थियो। ट्राफिक प्रहरीले जरिवाना बढाएको भन्दै भएको प्रदर्शनले उग्ररुप लिँदा बसपार्क, माछापोखरी लगायतका क्षेत्रमा तोडफोड र आगजनी भएको हो ।

    सो बेला सुरक्षा मजबुत बनाउन नसकेको भन्दै विष्टलाई जिम्मेवारीबाट हटाइएको हो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ