Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नागरिकता विधेयक रोके सडक र सदन दुवैमा आन्दोलन चर्काउँछौँ: प्रदीप यादव


ग्लोबल पाना
बुधबार, फागुन ३ २०७९
  • 266
    SHARES

  • images
    नागरिकता विधेयक रोके सडक र सदन दुवैमा आन्दोलन चर्काउँछौँ: प्रदीप यादव

    काठमाण्डौ । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सरकारले कुनै पनि खेलबाट नागरिकता विधेयक रोकेमा आफ्नो पार्टीले सडक र सदनबाट संघर्ष शुरु गर्ने चेतावनी दिएका छन्। बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले यस्तो चेतावनी दिएका हुन्।

    images
    images
    images

    उनले आवाजबिहीनको आवाज कसले सुनिदिने? भन्दै प्रश्न पनि गरेका छन्। उनले जन्मसिद्ध नागरिकको सन्तानहरु नागरिकता नपाएर रुँदै आएको भन्दै उनीहरुको लागि न्याय कहिले दिने भन्दै प्रश्न गरे। यादवले कुनै पनि खेल गरेर नागरिकता विधेयक रोकेको खण्डमा आफ्नो पार्टीले सडक संघर्ष शुरु गर्ने चेतावनी दिए।

    ‘यो न्यायको मन्दिर हो। आवाजबिहीनको आवाज कसले सुनिदिने? जन्मसिद्ध नागरिकको सन्तानका आवाज कसले सुनिदिने? रुँदै आउँछन् उनीहरु’, उनले भने, ‘उनीहरुको लागि न्याय दिने आज कोही छैन। यही न्यायको मन्दिर हो नि। यहीँबाट जनताले न्याय पाउने हुन्। जन्मसिद्ध नागरिकका सन्तानको के गल्ती छ? बाबुआमा नेपाली नागरिक हुँदा पनि आज नागरिकताबिना भड्किरहेका छन्। म सरकारलाई चेतावनी दिन चाहन्छु, अब कुनै खेलले नागरिकता विधेयक रोक्ने ढिलो गर्ने प्रयास भयो भने जनता समाजवादी पार्टी सडक र सदनबाट संघर्ष गर्छ।’

    सांसद यादवले संविधान जारी भएदेखि नै जन्मसिद्ध नागरिकका सन्तानहरुलाई नागरिकताबिहीन अवस्थामा राख्नु बिडम्वनापूर्ण भएको बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ