Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

गाई काटेकाे आराेपमा एक जना पक्राउ


ग्लोबल पाना
बिहीबार , फागुन ४ २०७९
  • 201
    SHARES

  • images
    गाई काटेकाे आराेपमा एक जना पक्राउ

    काठमाडौं । गाई काटेको आरोपमा दक्षिणी रसुवाबाट केही व्यक्तिलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कालिका गाउँपालिका-२ काभ्रेटोल निवासी ४४ वर्षीय मुरली बुलुन, सोही वडाअन्तर्गत गुम्बाटोल निवासीद्वय ४८ वर्षीय कान्छा लामा र ६५ वर्षीय सार्की स्याङ्वा रहेका छन् ।

    images
    images
    images

    गाईको मासु भाग लगाई राखेको अवस्थामा गए राति १२ः३० बजे एक सय २० केजी मासुसहित कालिका स्थानको नजिक दूरीको काभ्रेटोलबाट ती व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार राष्ट्रिय जनावर गाई काट्न प्रयोग भएको बञ्चरो एक थान एवं दुई थान खुकुरीसमेत घटनास्थलबाट बरामद भएको छ । घटनास्थल कालिकास्थानदेखि करिब तीन किलोमिटर उत्तरमा रहेको छ ।

    विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय कालिकास्थानका इञ्चार्ज प्रहरी निरीक्षक राजीव बस्नेतको नेतृत्वमा गएको प्रहरी टोलीले गौ हत्यारालाई नियन्त्रणमा लिएको थियो ।

    रातको ९ बजे व्यक्तिको घरमा गाई काटेर राति १२ बजे भाग लगाउन सुरू भएका बेला बरामद भएको र घटनामा संलग्न अन्य व्यक्तिसमेत हुनसक्ने प्रहरीले आशङ्का गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ