काठमाडौं । सरकारी स्वामित्वमा रहेको एक मात्र बीमा प्रदायक राष्ट्रिय बीमा संस्थानले सामाजिक उत्तरदायित्व अन्तरगत ५६ औं बार्षिकोत्सवको उपलक्ष्यमा खाद्दान्न वितरण गरेको छ।
ललितपुरमा अवस्थित होप राईजिङ्ग चिल्ड्रेन होमका अध्यक्ष श्री नन्दऋषि आचार्यलाई राष्ट्रिय बीमा संस्थानका प्रशासक श्री कवि प्रसाद पाठक र अरु कर्मचारीको उपस्थितिमा खाद्द सामग्री चामल,दाल, तेल , चिनी ,चिउरा लगायतका समान वितरण गरिएको हो।
असहाय, न्यून वर्ग तथा आर्थिक अवस्था कमजोर भएको बालबालिकाको लागि स्थापना भएको सो चिल्ड्रेन होममा ३० जना बिद्दार्थी बसेर त्यहाबाट नजिक पर्ने विश्वमित्र सामुदायिक बिद्दालयमा कक्षा ३ देखि १० सम्म अध्यनरत छन्।
.gif)




 x 450 (H) Global Pana.jpeg)


