Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रपति भण्डारीले गरिन् ३९५ कैदीबन्दीको सजाय माफी


ग्लोबल पाना
शुक्रबार, फागुन ५ २०७९
  • 205
    SHARES

  • images
    राष्ट्रपति भण्डारीले गरिन् ३९५ कैदीबन्दीको सजाय माफी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ३९५ जना कैदीबन्दीको सजाय मिनाहा गरेकी छिन् । मन्त्रिपरिषद्को बिहीबारको निणर्य अनुसार प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैद सजाय तथा जरिवाना मिनाहा गर्ने सिफारिस राष्ट्रपति भण्डारीले सदर गरेकी हुन् ।

    images
    images
    images

    बिहीबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३९५ जनाको सजाय मिनाहा गरेको राष्ट्रप्ति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । राष्ट्रपति भण्डारीबाट फौजदारी अभियोगमा अदालतबाट सजाय पाएका पुष्कर गौतमसहित १४ जनालाई नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार सजाय माफी भएको जनाइएको छ ।

    त्यस्तै, विष्णुकुमार लिम्बुसमेतका ३८१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसूर ऐन, २७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २६३ को दफा १२ बमोजिम प्रजातन्त्र दिवस २०७९ को उपलक्ष्यमा सजाय माफी भएको विज्ञप्तिमा उल्लेख छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ