Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन नेपाल आउँदै


ग्लोबल पाना
सोमबार, फागुन ८ २०७९
  • 314
    SHARES

  • images
    बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन नेपाल आउँदै

    काठमाडौं । बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियनले नेपालको भ्रमणमा आउने भएकी छन् । बेलायत सरकारको तर्फबाट एसिया-प्रशान्त क्षेत्र हेर्ने ट्रेभेलियन तीनदिने भ्रमणका लागि फागुन २४ गते काठमाडौं आउने भएकी हुन् ।

    images
    images
    images

    उनले फागुन २४ देखि २६ सम्म नेपालको भ्रमण गर्न लागेकी हुन् । कूटनीतिक स्रोतका उनले भ्रमणका दौरान प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।


    नेपाल-बेलायत सन्धि-१९२३ एक सय वर्ष पुगेको उपलक्ष्यमा राज्यमन्त्री ट्रेभेलियनलको नेपाल भ्रमण हुन लागेको हो । यस क्रममा उनले अरुण तेस्रो परियोजना पनि अवलोकन गर्ने छिन् । उक्त विद्युत परियोजनामा बेलायतले लगानी बोर्डमार्फत् आर्थिक लगानी गरेको छ ।

    राज्यमन्त्री ट्रेभेलियनलको भ्रमणको दौरान सन्धि एक सय वर्ष पुगेको उपलक्ष्यमा नेपालस्थित बेलायती दूतावासले एक कार्यक्रम गर्नेछ । साथै उनी धरान पुगेर भेट्रान गोर्खाको कार्यक्रममा पनि सहभागिता जनाउने छिन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ