काठमाडौं । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले उपत्यका बाहिरका रुग्ण आयोजनाका प्रमुख र कन्ट्र्याक्टरसॅग सघन छलफल गर्नु भएकाे छ ।
आज मन्त्रालयमा आयोजित बैठकमा आयोजनाको स्थिती, समस्या लगायतको समग्र पक्षको समिक्षा गर्दै हरेक रुग्ण आयोजनाको अन्तिम समयसीमा तय गरिएको छ ।
यस बमोजिम आयोजना प्रमुखहरुले ‘डिटेल वर्कप्लान’को लिखित प्रस्तावमा कन्ट्र्याक्टरलाई हस्ताक्षर गराइने भएको छ।
आयोजना सम्पन्न गर्न आयोजना प्रमुखलाई पनि थप जिम्मेवार बनाउदै, मन्त्रालय/ बिगागले हल गर्नुपर्ने समस्याका पहिचान गरि तत्काल हल गर्न र सम्बन्धित कन्ट्र्याक्टरलाई पूर्ण जिम्मेवार भएर काममा तिव्रता दिन आग्रह गर्नु भएको छ।
यसक्रममा हरेक आयोजनाको कार्यप्रगती १५/१५ दिनमा बिभाग र मन्त्रालयमा रिपोर्ट गर्नुपर्ने र पहिलो १५ दिनमा प्रगति देखानपरेका आयोजनाको हकमा ठेक्का तोड्ने निर्णय भएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


