काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले महानगर भित्र सञ्चालनमा रहेका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको बताएकी छिन् । मङ्गलबार ग्रिल तथा स्टिल व्यवसायी सङ्घ काठमाडौंको ७ औँ वार्षिक साधारण सभामा बोल्दै उपप्रमुख डंगोलले यस्तो बताएकी हुन् ।
उनले महानगरले व्यवसायलाई प्रोत्साहन गर्नका लागि व्यवसायीहरूले आफ्नो व्यवसाय व्यवस्थित बनाउनु जरुरी रहेको बताइन् । महानगरभित्र व्यापार व्यवसाय गर्ने धेरैले अनौपचारिक रूपमा गरिरहेको भन्दै औपचारिक दायरामा आउनका लागि व्यवसाय दर्ता गर्न उनले आग्रह गरिन् ।
उपप्रमुख डंगोलले व्यवसाय दर्ता गर भन्दा कर तिर भनेको बुझ्ने गरेको भन्दै करको दायरामा आउनु भनेको दायरा फराकिलो बनाएर घटाउन सजिलो हुने बताइन् । उनले दर्ता नभएका व्यवसायीहरूको माग सम्बोधन गर्न महानगर अन्योलमा रहेको स्वीकार गरिन् ।
डंगोलले व्यवसाय दर्ताको रेकर्ड हेर्दा ५० वटा हुने तर काम गरिरहेको पाँच हजार बढी रहेको पाइएको पनि बताइन् । उनले व्यवसायलाई व्यवस्थित बनाउन महानगरले योजना बनाउँदा धेरै व्यवसाय दर्ता नहुँदा नीति तथा कार्यक्रम फेल हुने गरेको उल्लेख गरिन् । ‘‘काठमाडौं महानगर पालिकाभित्र रहेका उद्योग व्यवसायहरूलाई प्रोत्साहन गर्ने महानगरको उद्देश्य रहेको छ । व्यवसायीहरूले आफ्नो व्यवसायलाई व्यवस्थित बनाउनु जरुरी छ । अहिले कतिले अनौपचारिक रूपमा व्यापार व्यवसाय गरि रहेको पाइन्छ । औपचारिक दायरामा आएको छैन ।
व्यवसायीहरूले महानगर भित्र व्यवसाय गर्दा व्यवसाय दर्ता गर्नुभएको छैन भने औपचारिक दायराभित्र आउन अनुरोध गर्न चाहन्छु । धेरैलाई लाग्नसक्छ व्यवसाय दर्ता गर भन्दा कर तिर भनेको भन्ने लाग्नसक्छ ।,’’ उपप्रमुख डंगोलले भनिन्, ‘‘करको दायरामा आउनु भनेको करको दायरा फराकिलो बनाउँदै जाँदा दर पनि घटाउँदै जानसक्छौं । त्यो राम्रो पक्ष छ । व्यवसाय औपचारिक रूपमा दर्ता गर्नु आफ्नो व्यवसायको पहिचान दिनु हो । दर्ता नभएका व्यवसायीहरूको माग सम्बोधन गर्न महानगर अन्योलमा पर्छ । व्यवसाय दर्ताको रेकर्ड हेर्दा ५० वटा हुन्छ तर काम गरिरहेको पाँच हजार हुन्छन् ।
व्यवसायलाई व्यवस्थित बनाउन महानगरले योजना बनाउँदा धेरै व्यवसाय दर्ता नहुँदा हाम्रा नीति तथा कार्यक्रम फेल हुनुको मुख्य कारण हो ।’’ त्यस्तै, ग्रिल तथा स्टिल व्यवसायी महासङ्घका अध्यक्ष मोहन कटुवालले अत्यावश्यक सेवा दिँदै आए पनि राज्य र उपभोक्ताबाट उपेक्षित भएको बताए । उनले राज्य र उपभोक्ताबाट उपेक्षित हुनुको प्रमुख कारण सकारको अदूरदर्शी नीति भएको दाबी गरे । उनले ग्रिल तथा स्टिल व्यवसायीहरू आफैले स्टिल व्यवसायलाई उचित सम्मान दिन नसकिएको बताए ।
अध्यक्ष कटुवालले नेतृत्व तहमा रहेका उद्योगी व्यवसायीहरूले अनुशासन पालना गर्न आवश्यक रहेको बताए । उनले अनुशासन नै विकासको मूल जड भएको उल्लेख गरे।
.gif)




 x 450 (H) Global Pana.jpeg)


