Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ओली र प्रचण्डबीच आज ‘निर्णायक’ वार्ता


ग्लोबल पाना
शुक्रबार, फागुन १२ २०७९
  • 208
    SHARES

  • images
    ओली र प्रचण्डबीच आज ‘निर्णायक’ वार्ता

    काठमाण्डौ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भावी राष्ट्रपतिका लागि लिएर आज निर्णायक वार्ता हुने भएको छ। राष्ट्रपति उम्मेदवारका विषयमा कांग्रेसको पहलमा तत्कालीन पाँच दलीय गठबन्धन ब्युँताउने प्रयास भइरहेका बेला प्रचण्ड र ओलीबीच निणर्ायक वार्ता हुन लागेको हो।

    images
    images
    images

    माओवादीले एमालेबाट राष्ट्रपति नस्वीकार्ने अडान राखेपछि एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको नाम सिफारिस गरेका छन्। बिहीबार बसेको माओवादी केन्द्र, जनता समाजावादी र एकीकृत समाजवादीको बैठकले पनि राष्ट्रपतिको उम्मेदवारका विषयमा एमाले अध्यक्ष ओलीको ठोस प्रस्ताव सुन्ने निणर्य गरेको थियो।

    ओलीले माधव नेपाललाई नै उम्मेदवार बनाउने प्रस्ताव गरे माधव नेपालले आफू तयार रहेको बिहीबारको बैठकमा बताएका थिए। एकीकृत समाजवादीले त आफ्ना अध्यक्षको नाममा सहमति गर्न प्रस्ताव गरेको थियो। पाँच दलीय गठबन्धन ब्युँताएर राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई सघाउने अनौपचारिक सहमति भइसकेको सार्वजनिक भएका बेला ओलीले नेपालको नाममा समर्थन जनाए नेपाललाई राष्ट्रपति बनाउन माओवादी तयार भएको बताइएको छ।

    त्यसका लागि पूर्व सहमति अनुसार माओवादीको भागमा परेको उपराष्ट्रपति जसपालाई दिन माओवादी तयार भएको छ। हालको गठबन्धनमा एकीकृत समाजवादी आए यही गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवारले जित्ने निष्कर्षका साथ माधव नेपालको नाममा सहमतिको प्रयास भइरहेको हो।

    आजै तीन दलले नेपाली कांग्रेससँग पनि छलफल गर्ने निणर्य गरेको छ। तर कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवार उठाउने निणर्य गर्दै माओवादीको पनि साथ पाउने अपेक्षा गरेको छ र, पुरानै गठबन्धन ब्युँताउने प्रयास जारी राखेको छ।

    ओलीसँग हुने निणर्ायक वार्ताले भावी राष्ट्रपति को हुने भन्ने तय हुने नेताहरुले बताएका छन्। भोलि राष्ट्रपति निर्वाचनका लागि मनोनय गर्ने दिन हो। फागुन २६ गतेका लागि राष्ट्रपतिको निर्वाचनको मिति तोकिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ