पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका-७ मा आगलागीमा परेर दुई जना बालकको ज्यान गएको छ ।
शुक्रवार दिउँसो करिब २ बजे हिलिहाङ-७ यवाडाँडाका प्रेम पन्धाकको घरमा आगलागी हुँदा पन्धाकका पाँच वर्षीय छोरा सेसेहाङ पन्धाक र सन्तोष खातीका चार वर्षीय छोरा निशान खातीको ज्यान गएको हो। दिउँसो अभिभावक जङ्गल गएको समयमा उनीहरु मात्रै घरमा रहेको बेला आगलागी भएको हो ।
कारण भने खुल्न नसकेको वडाध्यक्ष धनकुमार लिम्बूले बताउनुभयो । आगलागीबाट घर पूर्ण रुपमा जलेको उहाँले जानकारी दिनुभयो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


