Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

आज सन्दिपको मुद्धाको पेशी, बिदेश जान पाउने कि नपाउने निर्णय हुने


ग्लोबल पाना
सोमबार, फागुन १५ २०७९
  • 200
    SHARES

  • images
    आज सन्दिपको मुद्धाको पेशी, बिदेश जान पाउने कि नपाउने निर्णय हुने

    काठमाडौं । नाबालिग माथी बलात्कार अभियोग लागेका नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछानेको सुनवाई आज पनि हुने भएको छ । आइतबार न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको सुनुवाइ अन्तिमा मुद्दा हेर्दाहेर्दैमा राखिए पछि आज पनि सुनबाइ हुन लागेको हो ।

    images
    images
    images

    नाबालिग बलात्कार मुद्दामा उच्च अदालत, पाटनले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च गएको थियो भने त्यस्तै लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए। एक नाबालिग माथी बलात्कार गरेको आरोप पछि फरार रहेका लामिछानेले गत असोज २० मा प्रहरी समक्ष आत्मसर्मपण गरेका थिए ।

    उनी उच्च अदालत पाटनको आदेशसँगै गत २९ पुसमा २० लाख धरौटीसहित रिहा भए पनि उनलाई बिदेश जान भने उच्च अदालतले रोक लगाएको थियो । सो आदेशका बिरुद्ध क्रिकेटर लामिछाने सर्वोच्च गएका हुन । जस बिरुद्ध परेका रिटमा सर्वोच्चमा सुनवाई भईरहेको हो ।

    सरकार र लामिछानेको दुबै मुद्दामा गत शुक्रबार देखी भएको सुनवाई नसकिए पछि सोमबारका लागि पेशी तोकिएको हो । सर्वोच्च अदालतको बन्द इजालासमा भएको सुनवाई पछि क्रिकेटर लामिछाने बिदेश जान पाउने कि नपाउने फैसाल हुने निणर्य हुनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ