Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

गणतन्त्र, संघीय खारेजीसहित ११ बुँदे माग राखेर दुर्गा प्रसाईंले गरे आन्दोलनको घोषणा


ग्लोबल पाना
मंगलबार, फागुन १६ २०७९
  • 254
    SHARES

  • images
    गणतन्त्र, संघीय खारेजीसहित ११ बुँदे माग राखेर दुर्गा प्रसाईंले गरे आन्दोलनको घोषणा

    काठमाडौं । व्यापारी दुर्गा प्रसाईँले गणतन्त्र, संघीयता खारेजीसहित ११ बुँदे माग राखेर आन्दोलनको घोषणा गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक रहेका प्रसाईंले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर आफ्नो माग सार्वजनिक गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।

    images
    images
    images

    राजतन्त्र स्वीकारेको २०४७ को संविधान लागु गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, हिन्दुराष्ट्र कायम गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रियकरण गर्नुपर्ने, २० लाखभन्दा माथिको ऋण ४ देखि ५ प्रतिशत ब्याजदरमा दिनुपर्ने, ऋणलाई पुनर्संरचना गरी १५ वर्षसम्ममा किस्तामा बैंकको ऋण तिर्ने वातावरण बनाउनुपर्नेलगायत ११ बुँदे माग राखेका प्रसाईंले यो आन्दोलनमा पूर्वराजपरिवारलाई नागरिकको हैसियतमा सहभागी हुन संविधानले अवरोध नगर्ने बताएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ