Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

आजबाट बिपिडब्लु लघुवित्तको आईपीओ बिक्री खुला


ग्लोबल पाना
बिहीबार , फागुन १८ २०७९
  • 292
    SHARES

  • images
    आजबाट बिपिडब्लु लघुवित्तको आईपीओ बिक्री खुला

    काठमाडौं । बिपिडब्लु लघुवित्तले बिहीबारदेखि आईपीओ बिक्री खुला गरेको छ । लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरिसकेको र बिहीबारबाट सर्वसाधारण लगानीकर्ताको लागि निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको २६.९८ प्रतिशतको ८० लाख ९५ हजार रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको हो ।

    images
    images
    images

    जसअनुसार प्रतिसेयर १००अंकित मूल्यमा ८० हजार ९५० कित्ता सेयर निष्कासन हुनेछ । यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता सेयर निष्कासन गरिसकेको छ । कर्मचारीका लागि जारी पुँजीको ०.५ प्रतिशत अर्थात १ हजार ५०० कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् १५ हजार कित्ता सुरक्षित गरिसकेको छ ।

    बाँकी रहेको ५४ हजार ७५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । यसमा फागुन २३ गतेसम्म सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् । उक्त अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा चैत २ गतेसम्म भर्न पाइनेछ ।

    यो आइपीओमा मेगा क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले बिपिडब्लु लघुवित्तलको आइपीओलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ