Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

दमौली - आँबुखैरहनी सडकखण्ड आजदेखि दैनिक ४ घण्टा बन्द हुने


ग्लोबल पाना
बिहीबार , फागुन १८ २०७९
  • 231
    SHARES

  • images
    दमौली - आँबुखैरहनी सडकखण्ड आजदेखि दैनिक ४ घण्टा बन्द हुने

    चितवन । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरहनी-दमौली सडकखण्ड आजदेखि रातिमा दैनिक ४ घण्टा बन्द हुने भएको छ ।मुग्लिन-पोखरा सडकखण्ड योजना पूर्वी खण्ड तनहुँका अनुसार बिमलनगरदेखि दमौलीको घाँसीकुवा सडकखण्डमा भित्तो काट्ने काम गर्नुपर्ने भएकाले आज राति १२ बजेदेखि बिहान चार बजेसम्म १० दिन राजमार्ग बन्द हुने जानकारी दिएको हो । आयोजनाले सो समयभन्दा अगाडि वा पछाडि मात्रै यात्रा गर्न अनुरोधसमेत गरेको छ ।

    images
    images
    images

    आयोजनाका प्रमुख नगेन्द्र सुवेदीले सो खण्डमा डाइभर्सन बनाउने ठाउँ नभएको र भित्ता काट्नुपर्ने काम भएकाले रातिमा राजमार्ग नै बन्द गरेर सडक विस्तारको कामलाई गति दिन लागेको बताए । उनका अनुसार दिउँसोको भन्दा रातिमा सवारीको चाप कम हुने हुँदा रातको समयलाई प्राथमिकतामा राखिएको बताए ।

    तनहुँको आँबुखैरहनीदेखि कास्कीको पोखरा जाने पृथ्वी राजमार्ग विस्तारको काम निकै सुस्त गतिमा अगाडि बढेको भन्दै कामको गति बढाउन दबाव परेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार हुन लागेको ८० किलोमिटर सडकले विस्तारमा आशातित गति समाउन अझै सकेको छैन ।

    आँबुखैरहनी पोखरा ८० किलोमिटर सडक खण्डलाई दुई भागमा बाँडेर सडक विस्तारको काम थालिएको झण्डै डेढ वर्ष बितिसकेको छ । तर, प्रगति भने जम्मा ११ प्रतिशतको हाराहारीमा छ । दुवै प्याकेजको ठेक्का चिनियाँ कम्पनीले पाएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ