Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

उपराष्ट्रपतिको निर्वाचनपछि सहमतिको सरकार बन्छ : नेता सिंह


ग्लोबल पाना
बिहीबार , फागुन १८ २०७९
  • 246
    SHARES

  • images
    उपराष्ट्रपतिको निर्वाचनपछि सहमतिको सरकार बन्छ : नेता सिंह

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उपराष्ट्रपतिको निर्वाचनपछि सहमतिको सरकार बन्ने बताएका छन् ।आज सिरहाको लहानमा हुने एक कार्यक्रममा सहभागी हुन जाने क्रममा कांग्रेस धनुषाको पार्टी कार्यालयमा उपराष्ट्रपतिको उम्मेदवार ल्याउन जसपा स्वतन्त्र छ कि कांग्रेसको केही इच्छा छ भन्ने सञ्चारकर्मीको प्रश्नमा नेता सिंहले राष्ट्रपतिको निर्वाचनपछि त्यस विषयमा दलबीच परामर्श हुने बताए ।

    images
    images
    images

    उनले राष्ट्रपतिको निर्वाचनपछि उपराष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल हुने र जसपालाई उत्तम उम्मेदवार ल्याउन आग्रह गरिने बताएका छन् ।नेता सिंहले पार्टी सभापति देउवालाई पाँच वर्ष प्रधानमन्त्रीमा एमालेले प्रस्ताव गरेको कुरा आफ्नो जानकारीमा नरहेको स्पष्ट पारे । 

    कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेता आनन्द ढुङ्गाना प्रदेश सांसद शेषनारायण यादव, कुमारकान्त झा, धनुषा सभापति योगेन्द्र पजियारसहितको उपस्थिति थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ