काठमाडौं । सरकारी अस्पतालमा शल्यक्रिया गर्नुपर्ने विरामीहरुले लामो समय पर्खिनुपर्ने बाध्यता अहिले पनि कायमै छ । आकस्मिकबाहेक समान्य कुनै पनि शल्यक्रिया गर्नुपर्ने विरामीले लामो समय पर्खिनुपनेपर्ने बाध्यता छ । वीरअस्पताल, महाराजगञ्जस्थित त्रिवि शिक्षण लगायत अस्पतालमा अहिले पनि हजारौ विरामी शल्यक्रियाका लागि नाम लेखाएर पालो कुरेर बस्न बाध्य छन् ।
सस्तो र सर्भसुलभ सेवाका लिनका लागि सरकारी अस्पताल पुग्ने अधिकांस विरामीहरु शल्यक्रियाका लागि वर्ष दिनसम्म पनि पालो पर्खिनुपर्ने बाध्यतामा छन् । नेपालकै पुरानो वीर अस्पतालको कुरा गर्ने हो भने यहाँ १७ वटा शल्यक्रिया कक्षहरु छन् । जसमध्ये ९ वटा मात्र सञ्चालनमा छन् । यहाँ आकस्मिक बाहेक समान्य खालको शल्यक्रियाका लागि ६ महिनादेखि २ वर्षसम्म नाम लेखाएर पालो कुर्नुपर्छ ।
अस्पतालमा हाल नाम लेखाएर विभिन्न खालका शल्यक्रियाका लागि पालो कुर्नेको संख्या ३ हजारको हाराहारीमा छ । तर अस्पतालमा जनशक्ति अभावका कारण विरामीले शल्यक्रियाका लागि वर्षौ कुर्नपर्ने बाध्यता रहेको अस्पताल प्रशासनको दाबी छ । यसैगरी कान्ति बाल अस्पतालको शल्यक्रिया कक्ष पनि पुरानो र विरामीको चाप अनुरुप शल्यक्रिया कक्षको अभाव छ । अस्पतालको अनुसार शल्यक्रिया कक्ष तथा उपकरण र जनशक्ति अभावका कारण शल्यक्रियाका लागि वषैं कुर्नुपर्ने बाध्यता छ ।
अस्तालमा हाल करिब २ हजार भन्दा बढि विरामीले शल्यक्रियाका लागि नाम लेखाएर बसेका छन् । त्यस्तै, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको पनि हालत पनि उस्तै छ । अस्पतालले ३ सय बेडबाट सुरु गर्दा ८ वटा शल्यक्रिया कक्ष सञ्चालनमा थिए भने अहिले शैया संख्या बढेर ८ सय ५० पुगिसक्दा पनि शल्यक्रिया कक्ष १० वटा मात्र छ । अस्पतालकाअनुसार हाल त्रिवि शिक्षण अस्पतालमा दैनिक ५० देखि ७० वटा सबै खालका रोगका विरामीको शल्यक्रिया हुँदै आएको छ ।
फरक फरक रोग उपचारका लागि अस्पतालमा छुट्टाछुट्टै युनिटले शल्यक्रिया गर्ने गर्दछ । आपत्कालिन अवस्थामा शल्यक्रिया गर्नुपर्ने बाहेक अन्य समान्य समस्याका शल्यक्रिया गर्नुपर्ने विरामीले अस्पतालमा १ वर्ष भन्दा बढि नाम लेखाएर बस्नुपर्ने बाध्यता छ । निम्न आय भएकाहरुको रोजाइमा विशेषत सरकारी अस्पताल पहिलो रोजाई हुने गर्दछ । अझ निजी अस्पतालको तुलनामा सरकारी अस्पतालमा कुनै पनि रोगको शल्यक्रिया सस्तो र सुर्भसुलभ रुपमा हुने गरेका कारण पनि धेरैको रोजाईमा सरकारी अस्पताल पर्ने गरेको छ ।
तर सरकारी अस्पतालमा शल्यक्रिया कक्ष उपकरणको तथा जनशक्ति अभावले संचालन हुन नसक्दा कान नाक घाँटी, पत्थरी, पेटसम्बन्धि लगायत समस्या भएका विरामीले शल्यक्रियाका लागि वषौं कुर्नुपर्ने बाध्यता छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


