Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिदैँ


ग्लोबल पाना
आइतबार, फागुन २१ २०७९
  • 239
    SHARES

  • images
    सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिदैँ

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्री शाहले फागुन २१ गतेका लागि प्रदेश सभा बैठक आह्वान गर्न पत्र पठाएका छन् ।

    images
    images
    images

    उनले पठाएको पत्र अनुसार आइतबार दिउसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गर्ने तयारी भइरहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताए । ‘मुख्यमन्त्रीज्यूले २१ गते विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन भनेर सचिवालयलाई पत्राचार गर्नुभएको छ,’ प्रदेश सभामुख भीमबहादुर भण्डारीले भने, ‘त्यसै अनुसार तयारी गर्न सचिवालयलाई निर्देशन दिइसकेको छु ।’

    माओवादी केन्द्रले यथास्थीतिमा मत दिन नसक्ने भन्दै केन्द्रिय कार्यालय, पेरिसडाँडालाई खबर गरेको छ भने उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले दलिय सहमतीको लिखित हस्ताक्षर बिना बिश्वासको मत दिन सकिदैन्’ भन्ने प्रस्ट पारेकी छिन ।

    दुवै पार्टीले मन्त्रालय भागबन्डामा कांग्रेस अनुदार देखिएको भन्दै तत्काल मत दिन नसकिने जनाएका हुन । तीन दलसँग प्रदेश सभामा ३४ प्रदेश सभा सदस्य रहेको छन् । प्रदेशमा मुख्यमन्त्रीले विश्वासाको मत पाउनका लागि २७ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने छ ।

    यसअघि सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिएको नागरिक उन्मुक्ति पार्टीले पनि कांग्रेस नेतृतत्वको सरकारलाई विश्वासको मत दिनु अघि मन्त्रालयमा भागबन्डा लगाउनु पर्ने सो पार्टीको भनाई छ ।

    ‘दलीय सहमतिको लिखित हस्ताक्षर बिना विश्वासको मत दिन सकिँदैन,’ नाउपाकी अध्यक्ष रिञ्जता श्रेष्ठले फेसबुकमा लेखेकी छन् । सो अनुसार मन्त्रालय भागबन्डा टुंग्याए पछि मात्रै शाहलाई विश्वासका मत दिने अध्यक्ष श्रेष्ठको भनाई । नागरिक उन्मुक्ति पार्टीले समेत प्रदेश मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएको अवस्थामा प्रदेश सरकारलाई दुई तीहाई समर्थन हुने छ ।

    मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि माघ २६ गते एमाले नेतृत्वमा बनेको रावल नेतृत्वको सरकार ढलेको थियो । रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा कांग्रेस प्रदेश संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्री बनेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ