Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

चितवनको एक उद्योगमा आगलागी


ग्लोबल पाना
शुक्रबार, असोज २८ २०७९
  • 223
    SHARES

  • images
    चितवनको एक उद्योगमा आगलागी

    चितवन । पूर्वी चितवनस्थित युनाइटेड बेभरेज प्रा.लि.मा आगलागी भएको छ । रत्ननगर नगरपालिका–१० को कैलाश टोलमा रहेको सो उद्योगमा आज बिहान आगलागी भएको हो । 

    images
    images
    images

    प्रालिको उत्पादन पल्पी जुसको कच्चा पदार्थ रहेको सो उद्योगमा बिहान ४ बजे आगलागी भएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ । उद्योग मर्मतका क्रममा रहेकाले उत्पादित वस्तु नरहेको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए । 

    आगो के कारणले लागेको भन्ने खुल्न सकेको छैन । आगो निभाउने काम जारी रहेको उनले बताए । 

    आगो निभिसकेपछि मात्र क्षतिको विवरण थाहा हुने कार्यालयले जनाएको छ । आगो निभाउनका लागि स्थानीय, नेपाल प्रहरी, तीन दमकललगायत प्रयोग गरिएको छ ।    
      

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ