Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

फागु पुर्णिमा एकताको प्रतिक: प्रधानमन्त्री


ग्लोबल पाना
सोमबार, फागुन २२ २०७९
  • 246
    SHARES

  • images
    फागु पुर्णिमा एकताको प्रतिक: प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागु पुर्णिमाले एकताबद्ध हुन प्रेरित गरेको भन्दै शुभकामना ब्यक्त गरेका छन।  असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लासका साथ हिमाल-पहाड र तराईमा फरक फरक दिनमा मनाइने होली पर्वका अवसरमा सबैमा शुभकामना व्यक्त गरेका हुन ।

    images
    images
    images

    प्रधानमन्त्रीको शुभकामना सन्देशः

    असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लासका साथ हिमाल-पहाड र तराईमा फरक फरक दिनमा मनाइने होली पर्व  २०७९ को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

    देशभित्र प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ-आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्वहरू छन् । यस्ता मौलिक परम्परा, संस्कृति र पर्वहरूले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशिला खडा गर्नुका साथै राष्ट्रिय एकता र स्वाधीनताको प्रतिनिधित्व गर्दछन् । विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ-आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्बर्धन गर्नसमेत अभिप्रेरित गर्दछन् ।

    अन्त्यमा, नेपालका सबै भूभाग, सबै जाति, सबै समुदायका बिच उत्तिकै लोकप्रिय र साझा संस्कृतिका रूपमा स्थापित होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकतावद्ध हुन थप प्रेरित गर्नेछ भन्ने विश्वाससहित समस्त नेपालीहरूमा फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ