Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रपति निर्वाचन, पौडेलले खसाले पहिलो मत


ग्लोबल पाना
बिहीबार , फागुन २५ २०७९
  • 270
    SHARES

  • images
    राष्ट्रपति निर्वाचन, पौडेलले खसाले पहिलो मत

    काठमाडौं । देशको चौथो कार्यकालका लागि आज राष्ट्रपतिको निर्वाचन सुरु भएको छ । राष्ट्रपतिको निर्वाचन संघीय संसद भवन नयाँ बानेश्वरमा सुरु भएको हो । आज सुरु भएको राष्ट्रपतिको निर्वाचनमा आठ दलीय गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पहिलो मत खसालेका छन् ।

    images
    images
    images

    मतदानका लागि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । दुई केन्द्रबाट मतदान भइरहेको छ । एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेश सांसदले मत खसाल्दै छन् । राष्ट्रपति निर्वाचनमा प्रत्येक प्रदेश सांसदको ४८ र संघीय सांसदको ७९ मतभार गणना हुन्छ ।

    राष्ट्रपति निर्वाचनको अन्तिम नामावलीअनुसार १४ राजनीतिक दलका सहित स्वतन्त्र र मनोनीत सांसदहरू मतदाता रहेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ