काठमाडौं । जमुनी अटो सेन्टर प्रा.लि.ले नेपाली बजारमा नयाँ ईलेक्ट्रिक स्कुटर स्लेन ल्याएको छ। हालै स्थापना भएको जमुनी अटोले हिजो एक समारोहको आयोजना गर्दै काठमाण्डौको भृकुटीमण्डवमा नेपालकै आफ्नो पहिलो तथा मुख्य शो-रुमको औपचारिक उद्घाटन गरेको छ।
स्लेनको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक जमुनी अटोले सोही समारोहमा स्कुटर ईलेक्ट्रिक स्लेन सार्वजनिक पनि गर्यो। ३५०० वाटको क्षमता भएको र ७२ भि ५२ एच ब्याट्री पावर भएको स्लेन ईलेक्ट्रिक स्क्टुर रातो, कालो, खैरो, सेतोसहित पाँचवटा आकर्षक रंगहरूमा उपलब्ध छन्।
यो ईलेक्ट्रिक स्क्टुर नेपालकै अहिलेसम्मकै सबैभन्दा बढी क्षमता भएको र यसको बजार मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकिएको जमुनी अटो सेन्टर प्रा.लि.की अध्यक्ष डा. मनोरमा जैसवालले बताएकी छन्। निकट भविष्यमै विद्युतीय अटोरिक्सालगायतका तीन पाङ्ग्रे सवारीसाधनहरू र चार पाङ्ग्रे सवारीसाधनहरू पनि आफूहरुले भित्र्याउन लागेको अध्यक्ष जैसवालले बताइन्।
चीनमा निर्मित स्लेनका ईलेक्ट्रिक स्कुटरहरू लोकप्रियता र गुणस्तरका आधारमा चीनियाँ अटोमोबाइल्स बजारमा छैटौँ स्थानमा पर्दछन्। स्लेन ईलेक्ट्रिक स्क्टुरको ब्याट्री ६ वर्षसम्म ढुक्कैले चल्ने जमुनी अटो सेन्टरको भनाइ छ। आज १ हजार रुपैयाँ तिरेर ईलेक्ट्रिक स्क्टुर बुकिङ गरेका ग्राहकहरुले २५ हजार नगद छुट पनि प्राप्त गरेका र पहिलो ५० जना ग्राहकहरूमध्येबाट भाग्यशाली एकजनाले १ लाख रुपैयाँको बम्पर उपहार पाउने जमुनी अटो सेन्टरले जनाएको छ।
हिजोबाट जमुनी अटो सेन्टर प्रा.लि.ले पोखरा र बाग्लुङमा पनि आफ्नो नयाँ शो-रूमहरू संचालनमा ल्याएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


