काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निणर्य गरेको छ। बिहीबार बसेको बैंकर्स संघको बैठकले ब्याजदर घटाउने निणर्य गरेको हो। चैत १ गतेदेखि लागू हुने गरी साधारण निक्षेपमा ०.४ प्रतिशत ब्याजदर घटाइने भएको हो। त्यसैगरी कर्जाको प्रिमियममा ब्याजदर १ प्रतिशतले घटाइने भएको छ।
वित्तीय संस्थाहरुले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह भइरहेकोमा बढीमा ५ प्रतिशत थप्ने गरी निणर्य गरेका हुन्। प्रिमियम १ प्रतिशतले घटाउने निणर्य चैत १ देखि लागू हुने भएको छ। आधार दर गत वर्षको पुसको औसत आधार दरको तुलनामा २९ प्रतिशतले बढेको छ । गत वर्ष पुसमा बैंकको आधार दर औसत ८.४२ प्रतिशत थियो।
.gif)




 x 450 (H) Global Pana.jpeg)


