Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

रामचन्द्र पौडेल बने तेस्रो राष्ट्रपति


ग्लोबल पाना
बिहीबार , फागुन २५ २०७९
  • 349
    SHARES

  • images
    रामचन्द्र पौडेल बने तेस्रो राष्ट्रपति

    काठमाण्डौ । तेस्रो राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल विजयी भएका छन् ।

    images
    images
    images

    निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई हराउँदै पौडेल राष्ट्रपतिमा विजयी भएका हुन् । पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाए । नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत पाए । यस्तै पाँच मत भने बदर भएको छ ।

    बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा मतदान भएको थियो । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो ।मतदानमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।

    पूर्व सभामुखसमेत रहेका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार रहेका थिए ।

    साथै अर्का पूर्व सभामुख नेम्वाङलाई एमालेको साथ छ । निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता सहभागी रहेका थिए । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ