Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

जि स स कास्कीद्वारा निर्माणाधीन काहुखोला सिक्लेस दुधपोखरी सडकको अनुगमन


ग्लोबल पाना
बिहीबार , चैत २ २०७९
  • 270
    SHARES

  • images
    जि स स कास्कीद्वारा निर्माणाधीन काहुखोला सिक्लेस दुधपोखरी सडकको अनुगमन

    कास्की । जिल्ला समन्वय समिती कास्कीले प्रमुख लिलाधर पौडेलको नेतृत्वमा बिहीवार गण्डकी प्रदेश सरकारको एक निर्बाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत काहुखोला - सिक्लेस - दूध पोखरी सडकको १० कि मि निर्माणाधिन पहिलो सडक खण्डको अनुगमन गरेको छ।

    images
    images
    images

    अनुगमनका क्रममा प्रमुख पौडेलले कास्कीका कुनै पनि बिकास निर्माणका योजनामा गुणस्तर लगायतका बिषयमा जन गुनासो नआउने गरि काम समयमै सम्पन्न गर्ने सरोकारवाला निकाय लाई आग्रह गर्नु भयो ।

    केन्द्र सरकार , प्रदेश सरकार र स्थानिय सरकारबिच समन्वय र सहकार्य अति आबश्यक भएको भन्दै पौडेलले निर्माण कम्पनीले कुनै लापरबाही गरेको भेटिएमा तुरुन्तै खबर गर्न स्थानीय उपभोक्तालाई आग्रह गरे।

    बिकासका आयोजनामा जुनसुकै बेला पनि अनुगमन हुन सक्ने र कमि कमजोरी भेटिएमा तत्काल कारबाही हुने तर्फ निर्माण कम्पनी लगायत सरोकारवालाहरूलाइ ध्यानाकर्षण गराएका थिए । अनुगमनमा जि स स कास्कीका उप प्रमुख सरिता माल, सदस्य राजु अधिकारी, स्थानिय जनप्रतिनिधि, प्रदेस तथा स्थानिय तह सहित प्राबिधिक र संचारकर्मीहरूको सहभागिता रहेको कास्कीका निमित्त जिल्ला समन्वय अधिकारी एबम सूचना अधिकारी झबिश्वर रेग्मीले जानकारी दिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ