Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सभामुखले पत्रकार माथि गरेको टिप्पणीप्रति आत्मालोचना गर्नुपर्छ : महामन्त्री शर्मा


ग्लोबल पाना
सोमबार, चैत ६ २०७९
  • 260
    SHARES

  • images
    सभामुखले पत्रकार माथि गरेको टिप्पणीप्रति आत्मालोचना गर्नुपर्छ : महामन्त्री शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारहरूमाथि गरेको टिप्पणीप्रति आत्मालोचना गर्नुपर्ने बताउनुभएको छ । आइतवार प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले सभामुख घिमिरेले पत्रकारहरूको बारेमा गरेको टिप्पणीप्रति आफूहरूको विमति रहेको बताउनुभयो ।

    images
    images
    images

    सभामुखले पत्रकारहरूका विषयमा गरेको टिप्पणी समाजको अघि गम्भीर ’नोटिस’ मा रहेको उहाँले बताउनुभयो । राज्यको चौथो अङ्गको रूपमा रहेको पत्रकारिता क्षेत्र देशमा लोकतान्त्रिक रूपान्तरणका लागि आफैँ संलग्न भएको भन्दै त्यस क्षेत्रप्रतिको टिप्पणी आलोच्य भएको महामन्त्री शर्माको भनाइ छ । उहाँले भन्नुभयो, सभामुखले पत्रकारहरूको विषयमा बोलेको कुरा वास्तवमै गम्भीर छ ।

    किनभने व्यक्तिको रूपमा विश्वप्रकाशले के सोच्दछ, के बोल्दछ उसको कुरा हो । तर पार्टीको महामन्त्रीको रूपमा या सांसदको रूपमा विश्वप्रकाश शर्माले बोल्ने, सोच्ने, गर्ने व्यवहारको केही मर्यादाहरू हुन्छन् । झापा क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको नेकपा एमालेका सांसदका रूपमा देवराज घिमिरेले के बोल्नुहुन्छ, त्यो उहाँको कुरा हो ।

    तर देशको सभामुखले देशको चौथो अङ्गको सन्दर्भमा बोल्नुभन्दा अगाडि सोच्नु पनि हजार पटक पर्छ । उहाँले जे बोल्नुभएको छ, त्यो विषय गम्भीर नोटिसमा समाजको सामुन्ने छ । त्यसप्रति हामी सबैको विमति छ । कुनै व्यक्तिको बारेमा कहीँ कतै टिप्पणी छ भने पनि त्यसलाई अलगरूपमा राख्ने एउटा विषय हो ।

    तर समग्रमा पत्रकारहरूको बारेमा, चौथो अङ्गको बारेमा जे टिप्पणी आएको छ, त्यो अत्यन्त आलोच्य छ । उहाँले आत्मालोचना गर्नुपर्छ । महामन्त्री शर्माले सञ्चारकर्मीहरूसँगको कुराकानीकै क्रममा वर्तमान सत्तारूढ गठबन्धन पाँचै वर्ष जाने दाबी पनि गर्नुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ