सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका एक विदेशी नागरिकको लेक लागेर ज्यान गएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका-४ गोरक्सेपमा स्लोभाकियाका एक पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । मौसम प्रतिकूल हुँदा शवको उद्धार तथा पहिचानमा समस्या भएको छ ।
खुम्बु क्षेत्रमा अहिले हिमपात भइरहेको खुम्बु पासाङल्हामु गाउँपालिका ४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताउनुभयो ।
यस क्षेत्रमा सञ्चार सेवासमेत प्रभावित हुँदा समस्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


