Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारकाे निधन


ग्लोबल पाना
शुक्रबार, चैत १० २०७९
  • 210
    SHARES

  • images
    वरिष्ठ सञ्चारकर्मी  कृष्णा ताम्राकारकाे निधन

    काठमाडौँ । वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ । रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवं समाचार वाचिका ताम्राकारको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको उनकी छोरी एवम् सञ्चारकर्मी गृष्मा राजभण्डारीले जानकारी दिइन् ।

    images
    images
    images

    विसं २०१८ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवनलगायत कार्यक्रम सञ्चालन गरेकी थिइन् । पछिल्लो समय ताम्राकार पर्यटन क्षेत्रमा पनि सक्रिय थिइन् ।

    ताम्राकार चराचुरुङ्गी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियान सञ्चालन गरेर समाजसेवामा पनि समर्पित थिइन्। स्व ताम्राकारको केहीबेरपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ