Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

विश्व बैंकले थप्यो नेपाललाई १६ अर्ब सहायता


ग्लोबल पाना
सोमबार, चैत १३ २०७९
  • 233
    SHARES

  • images
    विश्व बैंकले  थप्यो नेपाललाई १६ अर्ब सहायता

    काठमाडौं । विश्व बैंकले नेपाललाई थप पौने १६ अर्ब रुपैयाँ (१२० मिलियन अमेरिकी डलर) आर्थिक सहायता प्रदान गर्ने भएको छ। विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाल सरकारको फ्ल्यागसिप विद्यालय शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयनमा सहयोग गर्ने निणर्य गरेको हो।

    images
    images
    images

    यस चालू आवमा विश्व बैंकले कुल ६५ अर्व २० करोड रुपैयाँको प्रतिबद्धता गरिसकेको छ। विद्यालय शिक्षा क्षेत्र कार्यक्रमको निरन्तरता स्वरूप नेपाल सरकारले विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रम सञ्चालन गरिरहेको छ। कार्यक्रमले स्थानीय तहका विद्यालयमा अध्यापन गर्ने शिक्षकको सीप विकासमा सघाउनेछ। कार्यक्रममार्फत उच्च आधारभूत तथा माध्यमिक तहमा अंग्रेजी, गणित र विज्ञानका शिक्षकको सीप अभिवृद्धि हुनेछ।

    यो परियोजनाका लागि विश्व बैंकले १ सय २० मिलियन अमेरिकी डलर सहायता प्रतिबद्धता गरेको हो। यो प्रतिबद्धता अनुदान ऋण हो । विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमको कार्यान्वयन शिक्षा मन्त्रालयमार्फत भइरहेको छ। नेपालका लागि विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिस हदाद-जेर्भोसका अनुसार गुणस्तरीय शिक्षामा लगानी मानव पुँजी विकासका लागि महत्त्वपूणर् रहेकाले विश्व बैंकले यस्तो सहयोग गर्न लागेको हो। फारिसले भने, ‘यो सहायताले नयाँ शिक्षाको गुणस्तर र समतामूलक पहुँच बढाउने नेपाल सरकारको लक्ष्यलाई साथ दिन्छ।’ यसले नयाँ संघीय राज्यको महत्त्वाकांक्षा हासिल गर्न सहयोग हुने अपेक्षा गरिएको छ।

    सहायताले आधारभूत तहमा राष्ट्रिय एकीकृत पाठ्यक्रम लागू गरेर आधारभूत सीप सुधार गर्न सघाउनेछ। यस्तै, कोभिड- १९ र अन्य महामारीका कारण विद्यालय बन्द हुँदा परेको असर सम्बोधन गर्न, पुर्नरुत्थान तथा गतिशीत सिकाइ योजना कार्यान्वयन गर्न र डिजिटल शिक्षणलाई सुदृढ गर्ने सरकारको कार्यक्रमलाई सहयोग गर्ने बताइएको छ। सहायताले बालिका, अपांगता भएका विद्यार्थी र निम्न सामाजिक-आर्थिक अवस्थाका विद्यार्थीमा छात्रवृत्तिका कार्यक्रममार्फत समन्यायिकता हासिल गर्ने लक्ष्य लिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ