Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

बाल शल्य चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न


ग्लोबल पाना
सोमबार, चैत २० २०७९
  • 390
    SHARES

  • images
    बाल शल्य चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन  काठमाडौंमा सम्पन्न

    काठमाडौं । बाल शल्य चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । नेप्लिज एसोसियसन अफ पेडियाट्रिक सर्जन्स कन्फ्रेन्स नेपालमा पहिलोपटक आयोजना गरिएको हो ।

    images
    images
    images

    उक्त सम्मेलनको उदघाटन गर्दै स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सरकारी सेवामा बाल शल्य चिकित्सकको दरबन्दी ज्यादै न्युन रहेको भन्दै संख्या बढाउनु पर्नेमा जाेड दिएका थिए । उनले नयाँ ओएनएममा प्रादेशिक र २०० शैय्या माथिका अस्पतालहरुमा कम्तीमा १ जना बाल शल्यचिकित्सक राख्ने गरी व्यवस्था मिलाउन लागिएको समेत जानकारी दिए ।

    देशको ३३ प्रतिशत जनसंख्या १८ बर्ष मुनिका बालबालिका रहेका छन् । तर नेपालमा देशभर बाल शल्य चिकित्सकको संख्या २९ रहेको छ। यसमध्ये सरकारी सेवामा ५ जना मात्रै रहेका छन् ।

    सम्मेलन व्यवस्थापन समितिका सचिव एवं बाल शल्यचिकित्सक प्रा.डा. विजय थापाले सम्मेलनमा नेपाल सहित ९ वटा देशबाट करीव २०० जना चिकित्सकहरुको सहभागिता रहेको बताए । उनले भारत, बंगलादेश, अमेरिका, जापान, बेलायत, पाकिस्तान, सिंगापुरबाट शल्यचिकित्सिकहरु शहभागी भएको जानकारी दिएका थिए ।

    नेपाल बाल शल्यचिकित्सक संघका अध्यक्ष प्रा.डा. रामनन्दनप्रसाद चौधरीले यस सम्मेलनले बाल शल्य चिकित्सा सेवामा नविनतम प्रविधि र पद्धतीबारे जानकारी दिदै शल्यचिकित्सा सेवाबारेमा अनुभव आदानप्रदान समेत हुने बताएका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ