Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ट्याक्सी चालकद्वारा त्रिभुवन विमानस्थलमा हड्ताल


ग्लोबल पाना
मंगलबार, चैत २१ २०७९
  • 210
    SHARES

  • images
    ट्याक्सी चालकद्वारा त्रिभुवन विमानस्थलमा हड्ताल

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ भाडा महँगो भएको विरोधमा ट्याक्सी चालकहरुले विमानस्थल क्षेत्रमा सेवा बन्द गरेका छन् ।

    images
    images
    images

    नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नेतृत्वमा ट्याक्सी चालकहरुले आज त्रिभुवन विमानस्थलबाट सेवा बन्द गरेका हुन् । विमानस्थल बाहिर भने ट्याक्सीहरु चलिरहेका छन् ।

    त्रिभुवन विमानस्थल क्षेत्रमा पहिले पार्किङ शुल्कबापत प्रतिघण्टा २० रुपैयाँ लिंदै आएकोमा अहिले ८० रुपैयाँ पुर्‍याइएको र १०० रुपैयाँ पुर्‍याउने धम्की दिइएको भन्दै ट्याक्सी चालकहरु लामो समयदेखि विरोधमा छन् ।

    यसअघि १३ मंसिरमा उनीहरुले विमानस्थलको गेट अगाडि बसेर विरोध प्रदर्शन गरेका थिए । विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ । त्यहाँ पार्किङ गर्ने सवारी साधनका धनीहरुले महँगो शुल्क तिर्नु परेको गुनासो गर्दै आएका छन् ।

    उनीहरुले भाडाका ट्याक्सीहरुको पार्किङ शुल्क घटाउन माग गर्दै यसअघि ज्ञापन पत्र पनि बुझाएका थिए । तर माग सम्बोधन नभएको र वार्तामा समेत नबोलाएको भन्दै ट्याक्सी चालकहरु आन्दोलनमा छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ