काठमाडौं । सरकारले कोशी प्रदेश नामाकरणको विरुद्धमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका पदम लिम्बु (लाजेहाङ)लाई सहिद घोषणा गर्ने निणर्य गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सहिद घोषणा गर्ने निणर्य गरेको हो ।
मन्त्रिपरिषद्को बैठक अहिले पनि सिहंदरबारमा जारी रहेको छ । सरकारले साझा न्यूनतम नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


