Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

मिरा चौधरीसहित ४ जना डीआईजी एआईजीमा बढुवा


ग्लोबल पाना
शुक्रबार, चैत २४ २०७९
  • 227
    SHARES

  • images
    मिरा चौधरीसहित ४ जना डीआईजी एआईजीमा बढुवा

    काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) बुढुवा गरिएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अघिल्लो सोमबार बढुवा समितिले गरेको सिफारिस अनुसार बढुवाको निणर्य गरेको हो। डीआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवा भएका हुन्।

    images
    images
    images

    गत असारमा १७ जना एकसाथ डीआईजीमा बढुवा भएका थिए। ती मध्ये ८ जना एआईजी बनेका हुन् भने सोही बेला डीआईजी भएका वसन्तबहादुर कुँवर आईजीपी भएका छन्। यसअघि टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजी भएका थिए। उनीहरुको पदस्थापन पनि भइसकेको छ।

    राई प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान, थापा प्रशासन विभाग, ज्ञवाली काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा र बज्राचार्य प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) मा पदस्थापन भएका छन्। आज बढुवा भएका एआईजीहरु कार्य विभाग, अपराध अनुसन्धान विभाग, मानव स्रोत विभाग र प्रदेश समन्वय विभागमा पदस्थापन हुनेछन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ