काठमाडौं । नेपालको पुरानो सहकारी संस्था साझा स्वास्थ्य सेवाले आफ्ना सम्पुर्ण बैंकिङ्ग कारोबार कृषि विकास बैंकमार्फत गर्ने भएको छ । बिहिबार यस सम्वन्धमा दुवै संस्थाबीच सम्झौता भएको थियो । सम्झौतामा साझा स्वास्थ्य सेवाका महाप्रवन्धक चुडामणी भण्डारी र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङसहित उच्च पदस्त कर्मचारीहरुको उपस्थितीमा विहिवार सम्झौता भएको हो ।
साझा स्वास्थ्य सेवाका महाप्रवन्धक भण्डारीले भने, ‘सहकार्यले दुवै संस्थालाई एक ठाँउमा ल्याएको छ, यसको लाभ स्वभाविक रुपमा दुवैलाई मिल्छ । सरकारी संस्थाहरु वीच बैंकिङ सेवा लगायत अन्य पुर्वाधार प्रयोगमा साझेदारी कायम गर्न सकेमा दुवै संस्था वलियो हुने र व्यावसायिक संस्थाको कारोवार समेत पारदर्शी हुने छ । कृषि विकास बैंकसँग कारोवार गर्दा थप गौरव महशुस गर्दै आजको सरकारी वैंक अन्य निजी क्षेत्रका बैंक भन्दा अब्वल रहेका र वैंकिङ कारोवार तथा ग्राहक सेवामा समर्पित रहेकोले कृषि विकास बैंकसँग बैंकिङ कारोवार गर्न साझा स्वास्थ्य सेवा तत्पर रहेको कुरा उल्लेख गरे ।
सरकारी स्वामित्वका संस्थाहरुबीच कारोबार हुँदा एक अर्का विच व्यावसायिक साझेदारी वृद्धि भइ सरकारी वजेटमा संचालन हुने संस्थाहरु आत्मनिर्भर तथा व्यावसायिक हुने भएकोले देशको आर्थिक क्षेत्रमा थप योगदान गर्न सक्षम वन्ने विश्वास व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङले साझा स्वास्थ्य सेवाका देशभरी रहेका औषधी पसल, स्वास्थ्य सेवाका कर्मचारीको तलव वचत खाता लगायत कर्जा, बैंक जमानत तथा प्रतितपत्र कारोवार समेत बैंकले गर्ने गरी भएको सम्झौताका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै बैंक सधैं ग्राहक सेवामा समर्पीत रही गुनासो रहीत सेवा प्रदान गर्न तत्पर रहेको कुरा बताए ।
बैंकिङ बजारमा सरकारी बैंकको कारोवारका सम्वन्धमा सकारात्मक धारणा सृजना हुँदै गइरहेको र सरकारी बैंक नै देशको वैंकिङ सेवाको मेरुदण्ड हुने गरी यो सम्वन्धलाई थप मजवुत वनाई दिगो प्रभावकारी कारोवार गर्ने प्रतिवद्धता व्यक्त गरे । यो सम्झौतामा बैंकले साझा स्वास्थ्य सेवाका औषधि पसलहरुबाट बैंकले नगद संकलन गरी बैंक खातामा जम्मा गरीदिने छ भने स्वास्थ्य सेवाका कर्मचारीहरुका लागि विनाधितो कर्जा दिनेछ । यस अतिरिक्त तलव खातामा निःशुल्क डेविट कार्ड तथा विद्युतिय भुक्तानीका सेवाहरु निःशुल्क रुपमा प्रदान गर्ने छ ।
बैंकको लकर सेवामा समेत ५० प्रतिशत छुट प्रदान गर्ने छ । प्रतितपत्र कारोवार तथा विदेशी मुद्राको कारोवारमा समेत छुट प्रदान गरी साझा स्वास्थ्य सेवाको व्यावसायिक बैंकिङ पार्टनर भई कार्य गर्ने छ । साझाले संचालन गर्ने तालिम र सेमिनारमा बैंकका तालिम केन्द्रलगायतका पूर्वाधार प्रयोग गर्दा बैंकले तालिम संचालनमा जारी गरेको दरमा ५० प्रतिशत छुट दिनेछ । सम्झौता अनुसार बैंकले साझा स्वास्थ्य सेवाका औषधि पसलहरुबाट बैंकले नगद संकलन गरी बैंक खातामा जम्मा गरिदिने छ भने स्वास्थ्य सेवाका कर्मचारीहरुका लागि विना धितो कर्जा दिनेछ ।
यस अतिरित्त तलव खातामा निःशुल्क डेविट कार्ड तथा विद्युतीय भुक्तानीका सेवाहरु निःशुल्क रुपमा प्रदान गर्ने छ । बैंकको लकर सेवामा समेत ५० प्रतिशत छुट प्रदान गर्ने छ । प्रतितपत्र कारोबार तथा विदेशी मुद्राको कारोबारमा समेत छुट प्रदान गरी साझा स्वास्थ्य सेवाको व्यवसायिक बैंकिङ पार्टनर भई कार्य गर्ने छ । साझाले संचालन गर्ने तालिम र सेमिनारमा बैंकका तालिम केन्द्र लगायतका पूर्वाधार प्रयोग गर्दा बैंकले तालिम संचालनमा जारी गरेको दरमा ५० प्रतिशत छुट दिने बैंकले जनाएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


