Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न अर्थ मन्त्रालयले बनायो टिम


ग्लोबल पाना
शुक्रबार, चैत २४ २०७९
  • 226
    SHARES

  • images
    आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न अर्थ मन्त्रालयले बनायो टिम

    काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माण तथा तयारीको टिम बनेको छ । अर्थ मन्त्रालयले शुक्रवार सहसचिव भूपाल बरालको संयोजकत्व रहने गरी ६ सदस्यीय ‘बजेट मस्यौदा लेखन समिति’ गठन गरेको हो । 

    images
    images
    images

    बरालको नेतृत्वमा सहसचिव उत्तरकुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा समितिमा रहेका छन् । यता बजेट लेखनमा भने अर्थ मन्त्रालयका दुई सचिवले गर्नेछन् भने बजेटको मार्गदर्शन अर्थ मन्त्रीले गर्नेछन् ।

    यसअघि नै मन्त्रालयले राजस्व सचिवको नेतृत्वमा राजस्व परामर्श समिति गठन गरिसकेको छ भने उक्त समितिले काम समेत सुरु गरिसकेको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि कूल १६ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको सीलिङ भित्र रहेर बजेट बनाउन निर्देशन गरेको छ ।

    यो चालू आर्थिक वर्षमा विनियोजित बजेटको आकार भन्दा १ खर्ब ५ अर्ब रुपैयाँले कमी हो । यहीँ सीमा भित्र रहेर बजेट बनाउनुपर्ने बाध्यता अर्थ मन्त्रालयसँग छ । संविधानतः आर्थिक वर्षको बजेट जेठ १५ गतेभित्र अनिवार्य रूपमा राष्ट्रियसभा र प्रतिनिधिसभामा पेस गर्नुपर्ने प्रावधान रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ