Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सेयर बजारमा नेप्से परिसूचक ५.५४ अंकले उकालो


ग्लोबल पाना
सोमबार, चैत २७ २०७९
  • 226
    SHARES

  • images
    सेयर बजारमा  नेप्से परिसूचक ५.५४ अंकले उकालो

    काठमाडौं । साताको दोश्रो कारोबार दिन सोमबार सेयर बजारमा उकालो लागेको छ । सोमबार नेप्से परिसूचक ५.५४ अंकले उकालो लागि १८४४ को बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८८ अङ्कले घटेर ३४९.६६ विन्दुमा पुगेको छ। यसअघि आइतबारको कारोबारमा भने नेप्से परिसूचक २८.३१ अंकले ओरालो लागि १८३८.४८ विन्दुमा अडिएको थियो । सोहि दिन एक अर्ब १५ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो ।

    images
    images
    images

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार कूल २६१ कम्पनीको २९ लाख ६० हजार ८६३ कित्ता सेयर खरिद बिक्री हुँदा ९१ करोड १९ लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ। नेप्से सुचकमा १३२ कम्पनीमा वृद्धि भएको छ । ७७ कम्पनीमा ओरालो लागेको र ८ कम्पनी स्थिर रहेको छ । त्यस्तै, कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ६ करोड ८४ लाखको कारोबार गरेको छ । सानिमा मिडल तामोर हाइड्रोपावर कम्पनी दोश्रो स्थानमा छ ।

    उक्त कम्पनीले ६ करोड ६५ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो । सोमबार १३ उपसुचक मध्ये फाइनान्स कम्पनी बाहेक सबै कम्पनीमा हरियाली छाएको छ । वृद्धि भएको कम्पनीहरु मध्ये सबैभन्दा धेरै होटल तथा पर्यटन र ट्रेडिङ सुचक कम्पनी रहेको छ । आजको सानिमा मिडल तामोर हाइड्रोपावर र कालिन्चोक दर्शनको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ