Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

आज लक्ष्मीपूजा, लक्ष्मीकाे पूजा आराधना यसरी गरिन्छ


ग्लोबल पाना
सोमबार, कात्तिक ७ २०७९
  • 306
    SHARES

  • images
    आज लक्ष्मीपूजा, लक्ष्मीकाे पूजा आराधना यसरी गरिन्छ

    काठमाडौँ । आज यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन लक्ष्मीपूजा । आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइन्छ ।

    images
    images
    images

    सफा सुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। विशेष गरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ। रात्रिहरूमा प्रमुख रात्रि मध्य एक हो आजको रात ।

    आजको दिन लक्ष्मी माताको बास होस् भनेर घरको आगमनदेखि मूल ढोका हुँदै लक्ष्मी स्थापना गरेको कोठासम्म लिपपोत गरी चामलको पिठो र अबिरले लक्ष्मी माताको पाइला बनाइन्छ । माता लक्ष्मीको पाइलासँगै केराको सुत्ला अथवा माटाको पाला राखिन्छ । सबैको घरमा दियो, मैनबत्ती र झिलिमिली बत्ती बालेर घरलाई उज्यालो अनि सुन्दर सजाइन्छ । लक्ष्मीसँगै भगवान् गणेशको पनि स्थापना गरिन्छ ।

    दियो, कलश, आफूसँग भएका गरगहना र धन राखेर लक्ष्मीपूजा गरिन्छ । संस्कृतिविद् मान्यता अनुसार सन्ध्याकलादेखि पूजा सुरु गरेर मध्यरातमा घरको नारीले नाङ्लो ठटाएर धनधान्य माता लक्ष्मीको आगमन होस् भनी पूजा गरिन्छ । आजकै दिन कन्यालाई लक्ष्मीको प्रतीक मानेर पूजा गरी दक्षिणा पनि दिइन्छ । लक्ष्मी पूजाको दिनदेखि नै देउसी भैलो खेल्ने गरिन्छ । भैलो खेल्न आउनेलाई धान, चामल, सेल रोटी, पैसा दिने चलन पनि छ । भनिन्छ लक्ष्मी पूजाको दिन बत्ती नबालेको घरमा माता लक्ष्मी जाँदैनन् ।

    यस दिनलाई दीपमालिका र सुखरात्री पनि भन्ने गरिन्छ । आज गाई पूजा, प्रतिपदाका दिन गोवर्द्धन पूजा र म्हपूजा एवं अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटिका लगाई तिहार पर्व मनाइन्छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ