Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

२३.६४ अंकले सेयर बजारमा ह्रास


ग्लोबल पाना
सोमबार, वैशाख ४ २०८०
  • 366
    SHARES

  • images
    २३.६४ अंकले सेयर बजारमा ह्रास

    काठमाडौं । साताको दोश्रो कारोबार दिन सोमबार सेयर बजार घटेको छ । सोमबार नेप्से परिसूचक २३.६४ अंकले ओरालो लागेको हो । योसँगै सुचक १९०८ को बिन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.७८ अङ्कले घटेर ३६२.९६ विन्दुमा पुगेको छ।

    images
    images
    images

    यसअघि आइतबारको कारोबारमा भने नेप्से परिसूचक २.८० अंकले ओरालो लागि १९३१.६८ विन्दुमा अडिएको थियो । सोही दिन एक अर्ब ९७ करोड ४५ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार कूल २६७ कम्पनीको ३१ लाख ४४ हजार ५७३ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोड भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ। यसैगरी, नेप्से सुचकमा २३ कम्पनीमा वृद्धि भएको छ ।

    १८८ कम्पनीमा ओरालो लागेको र ७ कम्पनी स्थिर रहेको छ । कारोबारको आधारमा अरुण उपत्यका जलविद्युत विकास कम्पनी शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ७ करोड भन्दाबढि रुपैयाँको कारोबार गरेको छ । यसैगरि सिवम सिमेन्टको ४ करोड भन्दा बढि कारोबार भएको हो ।

    सोमबार सबै उपसुचक कम्पनीहरुमा ओरालो लागेको छ । सोमबार आदर्श लघुवित्त वित्तिय संस्था सिद्धार्थ, कालिन्चोक दर्शन र मोलुङ जलविद्युतको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ