Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेष्डो समृद्धलाई १७.९३ प्रतिशत मात्र वितरण गर्न राष्ट्र बैंकको अनुमति


ग्लोबल पाना
मंगलबार, वैशाख ५ २०८०
  • 228
    SHARES

  • images
    नेष्डो समृद्धलाई १७.९३ प्रतिशत मात्र वितरण गर्न राष्ट्र बैंकको अनुमति

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको लाभांश संसोधन भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अब नेष्डोले बोनस सेयर र नगद गरी कुल १७.९३ प्रतिशतमा लाभांश वितरण गर्नुपर्ने भएको छ ।

    images
    images
    images

    नेष्डोले यसअघि ५० प्रतिशत बोनस सेयर र करसहित २३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । तर, राष्ट्र बैंकले वैशाख ४ गते पत्र पठाउँदै बोनस सेयर र नगद गरी कुल १७.९३ प्रतिशत मात्र लाभांश वितरण गर्न स्वीकृति दिएको हो ।यद्यपि, राष्ट्र बैंकको उक्त निणर्यलाई १७.९३तत्काल कार्यान्वयन नगर्ने कम्पनीले जनाएको छ ।

    कम्पनीले जारी गरेको सूचनामा उल्लेख गरेअनुसार नेपाल राष्ट्र बैंकको उक्त निणर्य मिति २०७९ फागुन १० गते जारी संशोधित निर्देशनको व्यवस्थासँग स्पष्ट बाझिएको, इजाजत प्राप्त एउटै प्रकृतिका संस्थाबीच, एउटै आर्थिक वर्षको लाभांश स्वीकृति दिँदा समानता नभएको र केन्द्रिय बैंकबाट स्वीकृत लाभांशको जानकारीले सेयरधनीहरुले पाउने प्रतिफलको अधिकार समेत हनन् हुन पुगेको जनाएको छ र संस्थागत वित्तीय अवस्थामा समेत प्रभाव पर्ने देखिएको, लाभांश वितरण सम्बन्धमा बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐनमा भएको व्यवस्थाको समेत प्रतिकुल भएको र लाभांश प्रस्ताव तथा शंसोधन संस्थावाट नै निणर्य भई नेपाल राष्ट्र बैंकवाट स्वीकृत दिनुपर्ने कानुनी मनसायलाई समेत नजरअन्दाज गरिएको छ ।

    तसर्थ, राष्ट्र बैंकको उक्त निणर्य एवं जानकारीलाई तुरुन्त कार्यान्वयन प्रक्रिया अगाडि बढाउन नसकिने नेष्डोले जानाएको छ । संस्थाको लाभांश प्रस्ताव, राष्ट्र बैंकको विद्यमान निणर्य तथा स्वीकृति, प्रचलित ऐन, कानुन, निर्देशन र केन्द्रीय बैंकका विगतका व्याख्या र संस्थागत अभ्यास समेतको तथ्यपूणर् कानुनी व्याख्या गरी निणर्यमा पुग्नुपर्ने निणर्य सोमबार बसेको सञ्चालक समितिको निणर्यले जानाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ