Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कृषि विकास बैंक र अनलाइन सपिङ दराज विच ईकम कारोबारको लागि सम्झौता


ग्लोबल पाना
मंगलबार, वैशाख ५ २०८०
  • 331
    SHARES

  • images
    कृषि विकास बैंक र अनलाइन सपिङ दराज विच ईकम कारोबारको लागि सम्झौता

    काठमाडौं । अनलाइन सपिङ दराज र कृषि विकास बैंकविच ईकम कारोबारको लागि सम्झौता भएको छ । बैंकले आधुनिक प्रविधिको विस्तारसंगै आफ्ना ग्राहक वर्गहरुलाई आधुनिक बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले सम्झौता गरिएको हाे ।

    images
    images
    images

    बजारको माग तथा ग्राहकको आवश्यकता अनुसार आधुनिक वस्तु तथा सेवाहरु उपलव्ध गराउन कृषि विकास बैक लिमिटेडले नेपालमा बृहत बजार संजाल रहेको दराज अनलाईनसंग ईकम कारोवारको लागि सम्झौता गरेको बैंकले जनाएको छ ।

    कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थितिमा बैंकको तर्फबाट बैंकका उपमहाप्रवन्धक तथा प्रमुख सञ्चालन अधिकृत प्रताप सुवेदी तथा दराज अनलाइनको तर्फवाट अनलाईन पेमेन्ट प्रमुख अरुण फुयाँलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

    उक्त कार्यक्रममा बैकका उच्च पदस्थ कर्मचारीहरुको पनि सहभागिता रहेको थियो । सम्झौता पश्चात कृषि विकास बैकका डेविट तथा क्रेडिट कार्डबाहक ग्राहकहरुले दराज अनलाईनले उपलव्ध गराएको अनलाईन प्लेटफर्म मार्फत बस्तु तथा सेवा खरिद गर्न सक्नेछन् जसका लागि बैकका कार्डबाहकहरुले नजिकैको शाखा कार्यालयहरुमा गई केवाईसी, आफ्नो मोवाईल नम्वर तथा ईमेल ठेगाना अद्याबधि गर्नु पर्नेछ ।

    हाल बैकले ईकम रजिष्टेसन सेवा निशुल्क उपलव्ध गराएको छ । जसले गर्दा अनलाईन प्लेटफर्म मार्फत वस्तु तथा सेवा खरिद गर्न सक्ने भएकोले यसवाट कृषि विकास बैंकका ग्राहकहरुलाई सुविधा प्रदान हुने र बैंक तथा दराज अनलाईनका ग्राहकहरुले थप सुविधा पाउने अपेक्षा गरिएकाे छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ