Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

आज एसियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन


ग्लोबल पाना
बिहीबार , वैशाख ७ २०८०
  • 225
    SHARES

  • images
    आज एसियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । वैशाख १८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आज बुक क्लोज गर्दैछ ।

    images
    images
    images

    जसअनुसार, आजसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् । कम्पनीले सभामा कुल ८.९४७ प्रतिशत लाभांश वितरण गर्नेछ ।

    जसअनुसार सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ८.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.४४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीको अधिकृत पुँजी ५ अर्ब रुपैयाँबाट बढाएर ६ अर्ब रुपैयाँ पुर्याउन प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

    हाल एसियन लाइफको चुक्ता पुँजी २ अर्ब ९० करोड ८१ लाख ११ हजार रुपैयाँ रहेको छ । उक्त पुँजीमा प्रस्तावित ८.५० प्रतिशत बोनस वितरण भएपछि पुँजी ३ अर्ब १५ करोड रुपैयाँ बढी पुग्नेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ