Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल राष्ट्र बैंकले २८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने


ग्लोबल पाना
सोमबार, वैशाख ११ २०८०
  • 239
    SHARES

  • images
    नेपाल राष्ट्र बैंकले २८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ र ३६४ दिन गरी ४ प्रकारको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज (सोमबार) दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

    images
    images
    images

    केन्द्रीय बैंकले २८ दिनको लागि १० अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो। यो ट्रेजरी जेठ ९ गते परिपक्व हुनेछ। ९१ दिनको लागि ८ अर्ब ६० करोडरुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो। यो ट्रेजरी साउन ९ गते परिपक्व हुनेछ। यस्तै, १८२ दिनको लागि ६ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो। यो ट्रेजरी कार्तिक ७ गते परिपक्व हुनेछ। यता, ३६४ दिनको लागि ४ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो। यो ट्रेजरी २०८१ बैशाख ११ गते परिपक्व हुनेछ।

    ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ। व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइने व्यवस्था गरेको छ। सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ