काठमाडौं । नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले बजेटमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था हुने गरी बजेट बनाउन सुझाव दिएका छन् ।
सोमबार बजेटबारे कांग्रेस सांसद्हरूसँग छलफलका क्रममा उनले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई यस्तो सुझाव दिएका हुन् । संसद् भवन बानेश्वरमा भएको छलफलमा खतिवडाले कांग्रेस पटक-पटक सरकारमा गए पनि जनस्तरमा सम्झने योजना ल्याउन नसकेको बताए ।
आगामी बजेटमार्फत ७० वर्षमाथिकालाई निःशुल्क उपचार हुने कार्यक्रम ल्याऔँ। कांग्रेस पटक-पटक सरकारमा गयौँ, तर जनस्तरमा सम्झने योजना ल्याउन सकिएको छैन ।
खतिवडाले भने, "हिजो बिपीले जसरी सरकारमा रहँदा जनताका बारेमा सोच्नुहुन्थ्यो त्यसबाट हामीले पाठ सिक्नुपर्छ, बजेटमा जनपक्षीय कार्यक्रमहरू समेटिनु पर्छ ।"
.gif)




 x 450 (H) Global Pana.jpeg)


